सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगातार सातौ दिन पोजेटिभ सर्किट

सर्वोत्तम सिमेन्टका सेयरधनी कारोबार खुलेको सातौ दिनसम्म आइपुग्दा मालामाल भएका छन् । दोस्रो बजारमा सेयर मुल्यमा लगातार पोजेटिभ सर्किट लागेपछि सेयरधनी छोटो समयमै मालामाल भएका हुन् । नेप्सेका सुचिकृत भई कारोबार खुलेको दिनदेखि सर्किट लागेको यस कम्पनीको सेयर मुल्यमा आज सातौ दिन पनि सर्किट लागेको छ । कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

बिज्ञापन

आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर १०८३ रुपैयाँ कायम भएको छ । आज कम्पनीको शेयर मूल्य ९८.४० रुपैयाँले बढेको हो ।

बिज्ञापन

नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । चैत्र ६ गते, चैत्र ७ गते, चैत्र ८ गते , चैत्र १२ गते, चैत्र १३ गते , आज चैत्र १४ गते र चैत्र १५ गते गरि लगातार सातौ दिन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा २१ करोड ३८ लाख रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले ४६ करोड ७६ लाख खुद नाफा कमाएको थियो । यो कम्पनीको लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसारको खुद नाफा हो ।

बिज्ञापन

आर्थिक वर्ष २०८०/८१ को असोजसम्मको विवरण अनुसार कम्पनीको खुद नाफा ८ करोड ३५ लाख रहेको छ । यो अपरिस्कृत वित्तीय विवरण अनुसारको खुद नाफा हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ८२ करोड ८४ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८२.८३ मा खुद नाफा १ अर्ब १८ करोड पुग्ने कम्पनीको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

बुटवलमा रोयल एनफिल्डको नयाँ बाईक स्क्यार्म ४४० को ‘लन्च’

दरबन्दी लुकाउने सामान्य प्रशासनलाई अदालतको झड्का,रोकियो उपसचिव र सहसचिवको विज्ञापन

कृषकका सन्तानले धान्दैछन्,निजामती

छ उपसचिवहरूको सरुवा

बिशेष