सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगातार सातौ दिन पोजेटिभ सर्किट

सर्वोत्तम सिमेन्टका सेयरधनी कारोबार खुलेको सातौ दिनसम्म आइपुग्दा मालामाल भएका छन् । दोस्रो बजारमा सेयर मुल्यमा लगातार पोजेटिभ सर्किट लागेपछि सेयरधनी छोटो समयमै मालामाल भएका हुन् । नेप्सेका सुचिकृत भई कारोबार खुलेको दिनदेखि सर्किट लागेको यस कम्पनीको सेयर मुल्यमा आज सातौ दिन पनि सर्किट लागेको छ । कारोबार सुरु भएको केहि मिनेट मै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

बिज्ञापन

आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर १०८३ रुपैयाँ कायम भएको छ । आज कम्पनीको शेयर मूल्य ९८.४० रुपैयाँले बढेको हो ।

बिज्ञापन

नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । चैत्र ६ गते, चैत्र ७ गते, चैत्र ८ गते , चैत्र १२ गते, चैत्र १३ गते , आज चैत्र १४ गते र चैत्र १५ गते गरि लगातार सातौ दिन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा २१ करोड ३८ लाख रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले ४६ करोड ७६ लाख खुद नाफा कमाएको थियो । यो कम्पनीको लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसारको खुद नाफा हो ।

बिज्ञापन

आर्थिक वर्ष २०८०/८१ को असोजसम्मको विवरण अनुसार कम्पनीको खुद नाफा ८ करोड ३५ लाख रहेको छ । यो अपरिस्कृत वित्तीय विवरण अनुसारको खुद नाफा हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ८२ करोड ८४ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८२.८३ मा खुद नाफा १ अर्ब १८ करोड पुग्ने कम्पनीको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष