जेन–जी आन्दोलनको पहिलो दिन नै प्रदर्शनकारीको निसानामा थियो,सिंहदरबारमा रहेका अधिकांश मन्त्रालयहरु ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गृह,शिक्षासहित सिंहदरबारभित्र रहेको स्वास्थ्य मन्त्रालय पूर्णत क्षति पुगेको छ जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा ।
सिंहदरबारभित्र रहेको भौतिक पूर्वाधार मन्त्रालय,खानेपानी मन्त्रालय,संसद भवनहरु भने सग्लै छन् । आसपास सबै जल्दा मन्त्रालय जोगिन कसरी सम्भव भयो ? यी मन्त्रालयहरु जोगिन सफल भयो मन्त्रालय तथा ती कार्यालयका तल्ला तहका कर्मचारीहरुका कारण ।
बिज्ञापन
यसरी सिंहदरबारका मन्त्रालय र कार्यालयहरु जोगाउन खटिने कर्मचारीहरु हुन रामप्रसाद सापकोटा, कृष्णकुमार रञ्जितकार र कार्यालय सहयोगी दशरथ भट्टहरु ।
बिज्ञापन
२४ भदौमा जेन–जीको आन्दोलनले सिंहदरबारमा आगो लाग्यो । प्रदर्शनकारीबाट संघीय संसद सचिवालय जोगाउन सफल नायब सुब्बा रामप्रसाद सापकोटाले आन्दोलनकारीलाई सम्झाउँदा संघीय संसदको भवन नं २ सुरक्षित छ । सापकोटाले संसद भवन त जलेर खरानी भयो । यो ठाउँ भोलि जो आए पनि चाहिन्छ भनेर कन्भिन्स गराउन सफल भएका कारण संसद सचिवालय सुरक्षित रहन सफल भएको सचिवालयका कर्मचारीहरुले जनाएका छन् ।
उनका अनुसार २४ गते अपरान्ह ४०/ ५० जनाको समूह सिंहदरबार छिर्दै थियो । वानेश्वरस्थित संसद भवन ध्वस्त पारेर उक्त समूह सिंहदरबार प्रवेश गरेको थियो । सो समूहले संस्कृति तथा पर्यटन मन्त्रालय तोडफोड गरेपछि एभरेष्ट बैंकको एटिएम काउण्टरमा प्रहार गरेर संसद सचिवालयमा तोडफोड गर्ने तयारी गर्दै थिए । सापकोटा
संसद सचिवालयमा पार्किङमा बसेर प्रदर्शनकारीलाई सम्झाइ बुझाइ गर्न थाले । हातमा लाठी, भाला, खुकुरी, पेट्रोल, लाइटर जस्ता सामग्री बोकेर मुलुकको प्रमुख प्रशासकीय केन्द्रमा छिरेका सयौंका हुललाई विनम्रतापूर्वक सम्झाउँदा ती यूटर्न भएको र लाखौंको सरकारी सम्पत्ति,कागजी अभिलेख खरानी हुनबाट जोगियो ।
बिज्ञापन
यस्तै संसद सचिवालयको १ नं भवनमा समेत आगोलागी हुनबाट जोगाएका छन्,एक करारका कर्मचारीले । सवारीसाधन, कागजात सबै जोगियो । संसदका कार्यलय सहयोगी हुन दशरथ भट्ट । उनीसँग न त दमकल थियो, न विशेष उपकरण यद्यपि मनमा थियो ‘कर्तव्य र जिम्मेवारी।’त्यही आत्मविश्वास र अठोठका कारण उनी एक्लैले ट्वाइलेटमा पानी बाल्टिनमा बोकेर आगोमा खन्याएर आगलागी हुन बाट जोगाए । सोही कारण सभामुख, उपसभामुखको कार्यकक्ष, विभिन्न संसदीय समिति खरानी हुनबाट जोगियो । केही संसदीय दलका कार्यालयहरु बच्न पुगे । संघीय संसद सचिवालयका अनुसार सो कार्यालयका १८ वटा सवारी साधन खरानी भएका छन् ।
भट्टले झैं अदम्य साहस देखाउने अर्को ड्राइभर र पालेका कारण भौतिक र खानेपानी मन्त्रालय खरानी हुनबाट जोगिएको छ । अस्तिको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयमा धेरै क्षति हुन पाएन । हलुका सवारी चालक कृष्णकुमार रञ्जितकार सितापाइलाबाट हुरतिरएर नआएको भए ती मन्त्रालय खरानी हुन्थें । रंजितकार भौतिकका सवारी चालक हुन । उनी सितापाइलामा बस्दै आएका छन् । २४ गते भएको ढुंगामुढा र आगजानीबाट यी मन्त्रालयमा खासै असर गरेको थिएन तर खानेपानी मन्त्रालयको पश्चिमपट्टीको भागबाट अकस्मात आगो सल्किएको खबर त्यहीका पालेले सुनाए पछि सालीको स्कुटरमा मन्त्रालय पुगेका उनीहरुले बाल्टीमा बोक्दै सोही पानी हाल्दै घण्टौँको संघर्षपछि आगो नियन्त्रण गर्न सफल भएका बताउँछन् ।