प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान मन्त्रीको कुर्सीमा : कासमूमा शून्य अंक दिने सहसचिवहरु अब के गर्लान ?

चार महिना कार्यकाल बाँकी छँदै उज्यालो ‘नायक’ को छवि बनाएका कुलमान घिसिङलाई ओली–देउवा सरकारले गत चैत ११  पदबाट हटायो । देश चरम ऊर्जा संकटबाट गुज्रिरहेको बेला आठ वर्षअगाडि माओवादी नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्ति गरेको थियो । भारतबाट विद्युत् आयात गर्दै आन्तरिक व्यवस्थापन सुधारेपछि दैनिक १८ घण्टासम्म अँध्यारो झेलेको नेपाललाई ‘उज्यालो’ बनाए ।

बिज्ञापन

तर, दोश्रो कार्यकाल सुखद भएन । डेडिकेटेड र ट्रंकलाइन महसुल विवादमा उद्योगी, व्यवसायी हुँदै सरकारको चर्को घेराबन्दीमा परे । एक पटक क्याबिनेट र पाँच पटक मन्त्रालयले स्पष्टीकरण सोधेर अन्ततः उनलाई बर्खास्त गरियो । कुलमानलाई हटाउनु पर्नेको अनेकन कारणमध्ये एक थियो विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउन खोज्नु । उनलाई हटाउँदा उर्जा मन्त्री दीपक खड्काले आर्थिक वर्ष २०८०/ ८१ मा गरेका कामको मूल्यांकन गराएका थिए । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रलयका सहसचिव जिवछ मण्डल कार्यसम्पादन मूल्यांकन समितिको संयोजक थिए भने सदस्यमा प्रशासन सेवाका सहसचिव र कानुन समुहका सहसचिव सदस्य सचिव रहेका थिए । जस्ले कुलमानलाई कासमूमा शून्य अंक दिएका थिए ।कुलमानलाई चैत ११ मा केपी ओली र ऊर्जामन्त्री दीपक खड्कासँग द्वन्द्व बढेसँगै बर्खास्तीमा परेका थिए । ४ महिना कार्यकाल बाँकी रहँदा बर्खास्तमा परेका घिसिङ सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वकर्ता बनेका छन् ।

बिज्ञापन

यही कारण व्यवसायीहरुसँगको मिलेमतोमा कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरिएको थियो ।
विद्युत प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ ६ महिना पछि नै मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्न पुगेका छन् । अन्तरिम सरकारको मन्त्रीका रुपमा तेश्रो वरियतामा रहेका कुलमानको काँधमा अहिले उर्जा,शहरी र भौतिक मन्त्रालयको जिम्मेवारी छ ।

कुलमानले मन्त्री भएसँगै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमा २८ उद्योगबाट करिब सात अर्ब रुपैयाँ बक्यौता रहेको जनाएको छ । घिसिङ प्रबन्ध निर्देशक हुँदा बक्यौता उठाउन पहल गरे पछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्टीकरण सोधेर पदबाट हटाएको थियो । तत्कालीन समयमा डेडिकेटेड र ट्रंकलाइन विवादमा घिसिङले उद्योगको लाइन काटेका थिए । तर, उद्योगहरुले टिओडि मिटरका आधारमा बिल उपलब्ध गराए बक्यौता तिर्न तयार रहेको बताएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष