आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई १० लाख दिने सरकारको निर्णय

जेन–जी आन्दोलनमा ज्यान गुमाउनेलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएकाको नि शुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

शुक्रबार राति राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेर सरकारका कर्मचारीलाई निर्देशन दिएकी छन् । ६ महिना भित्र चुनाव गरेर आफू बिदा हुने सोचमा रहेको भन्दै सहयोग गर्न कर्मचारीसँग उनले आग्रह गरिन ।​

बिज्ञापन

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको मृत्यु भएको छ । त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

यसैबीच नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिहिबारदेखि बन्द रहेको सरकारको भुक्तानी प्रणाली सुचारु,’तलब-भत्ता खुवाउन कुनै समस्या नहुने’

लाइसेन्स छपाइ तथा वितरण अनिश्चितकालका लागि स्थगित

सचिवहरुसँग प्रधानमन्त्रीले भनिन् :’म सत्ताको रसस्वादन गर्न आएको होइन, ६ महिनामा छोड्छु’

‘आई क्विट’ भन्दै सुमना श्रेष्ठले त्यागिन रास्वपा

आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई १० लाख दिने सरकारको निर्णय

‘आगोले सम्पत्ति जले पनि आत्मबल कहिल्यै जल्दैन, अब फेरि उठ्नुपर्छ’

‘जेलर र सचिवलाई अप्ठ्यारोमा पार्न चाहन्न,सुव्वादेखि माथिका सबैले जाँच दिनुपर्दछ’

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो

बिशेष