जेन–जी आन्दोलनमा ज्यान गुमाउनेलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
बिज्ञापन
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएकाको नि शुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।
बिज्ञापन
प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
शुक्रबार राति राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेर सरकारका कर्मचारीलाई निर्देशन दिएकी छन् । ६ महिना भित्र चुनाव गरेर आफू बिदा हुने सोचमा रहेको भन्दै सहयोग गर्न कर्मचारीसँग उनले आग्रह गरिन ।
बिज्ञापन
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको मृत्यु भएको छ । त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी छिन् ।