शाखा अधिकृतमा ४४ जना सिफारिस हुँदा ३८ महिला

शाखा अधिकृत नियुक्तिका लागि ४४ जनाको नाम सिफारिस हुँदा ३८ जना महिला र बाँकी ६ जनामात्र पुरुष परेका छन् ।
लोकसेवा आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार न्याय सेवातर्फको नतिजामा यस्तो देखिएको हो । यो नतिजा अनुसार झण्डै ८७ प्रतिशत महिलाहरु अधिकृतमा नाम निकाल्न सफल हुँदा १३ प्रतिशतमात्र पुरुष उमेद्धार स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

आयोगले न्याय सेवातर्फ शाखा अधिकृतको नतिजा सार्वजनिक गर्दा यस्तो देखिएको हो । अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा ४४ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

आयोगका अनुसार,लिखित परीक्षाबाट अन्तर्वार्तामा छनौंट भएका ६४ मध्ये अन्तर्वार्तामा उपस्थित रहेका उमेद्धारहरुसँग सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा ४४ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो ।
यसरी सिफारिस गरिँदा ३८ जना महिला र बाँकी ६ जनामात्र पुरुष परेका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,सुदर्शन ज्ञवाली, दिपेश योगी,संजीवकुमार प्रजापति लगायत पुरुषहरु परेका छन् भने बाँकी ३८ महिला अधिकृतहरुमा सिफारिस भएका हुन ।

बिज्ञापन

१६६९४-१६७००-८१-८२_सिफारिस_सूचना

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

बिशेष