सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

 

बिज्ञापन

मन्त्री तथा तिनका सचिवालयमा बसेर सरकारी सवारी साधन र इन्धनको दुरुपयोग गर्ने क्रम बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कार्यकालमा आफ्ना आफ्ना कार्यकालमा सचिवालयको खर्च २ करोड कम भएको विवरण अर्थ मन्त्रालयको लेखा शाखाबाट सार्वजनिक गराइरहँदा ओली क्याविनेटका मन्त्रीहरुले पनि मनलाग्दी ढङ्गबाट सरकारी स्रोत र साधनलाई दाइजोमा प्राप्त भएका साधनझैं दुरुपयोग गरिरहेका छन् । यो मामलामा २० औं पटक मन्त्री बनेर रेकर्ड राखेका शरद्सिंह भण्डारीको पथ पच्छाएका छन्,प्रदीप यादवले ।

बिज्ञापन

 

 केही अघि श्रम मन्त्री शरदसिङ भण्डारीले सरकारी गाडी नै पार्टी अध्यक्ष महन्थ ठाकुर र उनकी छोरीलाई प्रयोग गर्न दिएको घटना सेलाउन नपाउँदै खानेपानी मन्त्री प्रदीप यादवले समेत मन्त्रालयको गाडी पार्टीका जिल्ला अध्यक्षलाई अवैद्य रुपमा प्रयोग गर्न दिएको पाइएको हो ।

बिज्ञापन

खानेपानी मन्त्रालयको नाममा रहेको बा २ झ २५४५ जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्षसमेत रहेका अशोक यादवले प्रयोग गरिरहेको पाइएको छ । यादवविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयले आपराधिक एक दर्जन मुद्धा दर्ता भएको बताइएको छ । सो सरकारी गाडी यादवकै मलंगवास्थित घरमा छ । प्रदीप यादव मन्त्री भएपछि अशोकले गाडी प्रयोग गरिरहेका छन् ।
यस अघि श्रम मन्त्री शरद् सिंह भण्डारीले समेत मन्त्रालयको ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी नै गायब बनाइएको थियो । मन्त्रालयका एक जना उपसचिवले गाडी नपाएपछि मन्त्रालयमा भएको गाडी खोजबिन गर्दै जाँदा ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्री शरद्सिंह भण्डारीले आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुर र उनको छोरीलाई प्रयोग गर्न दिएको खुलेको थियो ।
मन्त्रालयको उक्त गाडी जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुरले प्रयोग गर्दै आएको खुलेको थियो । मन्त्री भण्डारीले यसअघि पनि अध्यक्ष ठाकुरका अन्य नातेदारहरू—भान्जा, निजी सचिवको छोरा, सवारी चालक र निकटस्थ अधिवक्तासम्मलाई मन्त्रालय र वैदेशिक रोजगार बोर्डमा विभिन्न जिम्मेवारीमा नियुक्त गरेका थिए।
उनै अध्यक्ष पुत्री मिनाक्षीलाई वैदेशिक रोजगार वोर्डमा सदस्य समेत बनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष