लोकसेवा परीक्षामा बदमासी गर्ने तीन उमेद्धार : परीक्षा रद्धदेखि दुई बर्षसम्म निलम्बनमा

लोकसेवा आयोगका परीक्षामा थरी थरीका कर्मचारीहरु भेटिन थालेका छन् । सरकारी नियुक्ति खानका लागि कीर्ते कर्म गर्नेदेखि खेताला लगाउने र उत्तरपुस्तिका घरै लैजानेदेखि उत्तरपुस्तिका च्यान्तेसम्मका हर्कत गर्दै आएका उमेद्धारहरु कारवाहीमा पर्न थालेका छन् ।

बिज्ञापन

यस्तै बदमासी गर्ने तीन उमेद्धारहरुलाई आयोगले कारवाही गरेको छ । आयोगका अनुसार यसरी कारवाहीमा पर्नेमा दुई पुरुष र एक महिला परीक्षार्थी रहेका छन् ।

बिज्ञापन

आयोगका अनुसार, नेपाल विद्युत प्राधिकरणको सुपरभाईजर पदका लागि लिइएको लिखित परीक्षामा सिराहाका सन्तोषकुमार यादव मोबाइल हेरेर उत्तरपुस्तिकामा लेखिरहेको अवस्थामा फेला परेसँगै उनलाई आयोगको ऐन, २०७९ को दफा ४१ को उपदफा २ को खण्ड (क) बमोजिम दुई वर्षका लागि आयोगबाट सञ्चालित परीक्षामा सहभागी हुन नपाउनेगरी निलम्बन गरिएको छ ।

यस्तै प्राधिकरणकै लेखा अधिकृत पदका निम्ति लिइएको परीक्षामा सुर्खेतका विनोद ढकाल प्रश्नपत्र फिर्ता नदिई घरै लिएर गएपछि उनी एक वर्षका लागि निलम्बनमा परेका छन् भने असार १४ गते स्टास नर्स परीक्षामा सहभागी प्युठानकी वर्षा केसीले उत्तरपुस्तिका च्यातेकोले उक्त विज्ञापनको परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

१५ सहसचिवको सरुवा

राष्ट्रपतिले बोलाए प्रधानमन्त्री‍सहितको सर्वदलीय बैठक

मन्त्रीविहीन विभागमा मनपरी सरुवा, सतर्कता र हेलो सरकारमा उजुरी

बिशेष