ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे विचौलिया र कर्मचारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका एक कर्मचारी र अर्काे विचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा उनीहरूलाई यातायात व्यवस्था कार्यालय,भरतपुर , चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ परेका मध्ये गुरुङ इच्छाकामना गाउँपालिका ७ सिमलढाप घर भई भरतपुर महानगरपालिका ११ कैलाश टोल बस्ने ४९ वर्षीयहुन भने विचौलिया को ठेगना चाहिँ गोरखाको बारपाक सुलिकोट गाउँपालिका ५ घर भई हाल भरतपुर महानगरपालिका ११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठक हुन ।

बिज्ञापन

लाइसेन्स परीक्षामा अनुत्र्तिण भएका परीक्षार्थीहरुलाई समेत १५ देखि २५ हजार लिएर लाइसेन्स दिने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ । पाठकलाई भने यातायात व्यवस्था कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले जानकारी दिए ।

बिज्ञापन

अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारी, ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत कब्जामा लिएको छ ।

महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजारदेखि २५ हजारसम्म रकम लिएर लाइसेन्स दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको र महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

विष्णु भट्टराई यस अघि चावहिल यातायातमा थिए । उनी यातायातै घुमिरहने कर्मचारी हुन । मुकुन्द निरौला वाग्मती प्रदेशको प्रमुख हुँदा सातौं तहको विष्णु भट्टराईलाई चावहिल यातायातको प्रमुख बनाएका थिए । जबकी यातायात कार्यालय प्रमुख बनाएका थिए । विष्णु र मुकुन्द इनरुवाका छिमेकी र क्याम्पस र लोकसेवा अध्ययन गर्दाका साथी समेत हुन । त्यही कारण उनलाई महत्वपूर्ण जिम्मेवारी दिएका थिए । उनी चावहिल यातायातमा हुँदा कार्यालय सहयोगीहरुलाई अगाडि सारेर दैनिक लाखौं रकम उठाउने गरेका छन् । श्याम परियार,गोकुल र कृष्ण श्रेष्ठमार्फत नजराना बुझ्ने गरेको बिषय यस अगाडि नै कर्मचारी प्रेसमा समाचार प्रकाशन गरेको थियो । यी तिनै जना कार्यालय सहयोगीहरु अहिले राधे राधे यातायातमा पुगेका छन् भने विष्णु भने चावहिलबाट आठौं तहमा बढुवा भएर बर्ष दिन अगाडि चितवन पुगेका हुन । त्यहाँ समेत चावहिलको झैं कार्यालय सहयोगी र ट्रायल सेन्टरमा विचौलिया अगाडि सारेर दैनिक लाखौं उठाउने गरेको बिषय अख्तियारमा पुगेपछि अख्तियारले छापा हानेर महत्वपूर्ण कागजात,ल्यापटपहरु नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिकामा : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

बिशेष