ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे विचौलिया र कर्मचारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका एक कर्मचारी र अर्काे विचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा उनीहरूलाई यातायात व्यवस्था कार्यालय,भरतपुर , चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ परेका मध्ये गुरुङ इच्छाकामना गाउँपालिका ७ सिमलढाप घर भई भरतपुर महानगरपालिका ११ कैलाश टोल बस्ने ४९ वर्षीयहुन भने विचौलिया को ठेगना चाहिँ गोरखाको बारपाक सुलिकोट गाउँपालिका ५ घर भई हाल भरतपुर महानगरपालिका ११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठक हुन ।

बिज्ञापन

लाइसेन्स परीक्षामा अनुत्र्तिण भएका परीक्षार्थीहरुलाई समेत १५ देखि २५ हजार लिएर लाइसेन्स दिने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ । पाठकलाई भने यातायात व्यवस्था कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले जानकारी दिए ।

बिज्ञापन

अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारी, ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत कब्जामा लिएको छ ।

महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजारदेखि २५ हजारसम्म रकम लिएर लाइसेन्स दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको र महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

विष्णु भट्टराई यस अघि चावहिल यातायातमा थिए । उनी यातायातै घुमिरहने कर्मचारी हुन । मुकुन्द निरौला वाग्मती प्रदेशको प्रमुख हुँदा सातौं तहको विष्णु भट्टराईलाई चावहिल यातायातको प्रमुख बनाएका थिए । जबकी यातायात कार्यालय प्रमुख बनाएका थिए । विष्णु र मुकुन्द इनरुवाका छिमेकी र क्याम्पस र लोकसेवा अध्ययन गर्दाका साथी समेत हुन । त्यही कारण उनलाई महत्वपूर्ण जिम्मेवारी दिएका थिए । उनी चावहिल यातायातमा हुँदा कार्यालय सहयोगीहरुलाई अगाडि सारेर दैनिक लाखौं रकम उठाउने गरेका छन् । श्याम परियार,गोकुल र कृष्ण श्रेष्ठमार्फत नजराना बुझ्ने गरेको बिषय यस अगाडि नै कर्मचारी प्रेसमा समाचार प्रकाशन गरेको थियो । यी तिनै जना कार्यालय सहयोगीहरु अहिले राधे राधे यातायातमा पुगेका छन् भने विष्णु भने चावहिलबाट आठौं तहमा बढुवा भएर बर्ष दिन अगाडि चितवन पुगेका हुन । त्यहाँ समेत चावहिलको झैं कार्यालय सहयोगी र ट्रायल सेन्टरमा विचौलिया अगाडि सारेर दैनिक लाखौं उठाउने गरेको बिषय अख्तियारमा पुगेपछि अख्तियारले छापा हानेर महत्वपूर्ण कागजात,ल्यापटपहरु नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष