ठेकेदारसँग मिलेर घुस खाने इञ्जिनियर भ्रष्टाचारमा तानिए

 

बिज्ञापन

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर ९करार० टिकाराम राई भ्रष्टाचारमा तानिएका छन् ।

बिज्ञापन

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध पनि मुद्दा चलाएको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले गत मंसिर १४ गते सब–इन्जिनियर राईलाई सेवाग्राहीबाट ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

अनुसन्धानको क्रममा यी दुइले आपसी मिलेमतोमा घुस खाएको खुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

बिशेष