संघीय निजामती सेवा ऐनको माग गर्दै निजामती कर्मचारी युनियनको आन्दोलन सुरु

काठमाडौं, २०८२ जेठ २० — संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। कार्यवाहक अध्यक्ष उत्तम कुमार कटुवालको हस्ताक्षर रहेको विज्ञप्ति जारी गर्दै युनियनले सरकारको उदासिनताप्रति गम्भीर आपत्ति जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, संघीय शासन प्रणाली कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि संघीय निजामती सेवा ऐन नआउनुले देशको सार्वजनिक प्रशासन अन्योलमा परेको उल्लेख छ। युनियनका अनुसार १८/२० वर्षसम्म बढुवा नहुनु, पदोन्नतिको अभाव, सेवाको सुरक्षामा कमजोरी, अन्तरप्रदेश सरुवामा अपारदर्शिता, तथा न्यून सेवा सुविधाका कारण कर्मचारीको मनोबल अत्यन्तै कमजोर बनिरहेको छ।

 

बिज्ञापन

“वृत्ति विकास, सेवाको सुरक्षा र पेशागत हितका लागि संघीय निजामती सेवा ऐन अपरिहार्य भएको छ,” विज्ञप्तिमा भनिएको छ। युनियनका अनुसार यस्ता समस्या समाधानका लागि लामो समयदेखि सरकारसँग वार्ता, छलफल र विरोधका कार्यक्रम हुँदै आएका छन्, तर राज्य व्यवस्था तथा सुशासन समितिले पूर्वप्रतिबद्धता विपरीत विधेयक तयार पारेर प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेपछि आन्दोलनको बाध्यता सिर्जना भएको हो।

 

२०८२ जेठ २० गते बसेको राष्ट्रिय ट्रेड युनियनहरूको बैठकले चरणबद्ध आन्दोलनको कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। त्यस क्रममा पहिलो चरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना कार्यक्रम सम्पन्न गरिएको युनियनले जनाएको छ। अर्को सूचना नभएसम्म सबै युनियन सदस्यहरूले कालो पट्टी बाँधी सेवा प्रवाह गर्ने कार्यक्रम पनि घोषणा गरिएको छ।

 

युनियनले आफ्ना सबै सदस्यहरूलाई विरोधका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् टेलिकम बिलिङ प्रकरणमा मुद्दा नचल्ने व्यक्तिहरू

टेलिकमको ठेक्कामा व्यापक अनियमितता:- ३३ करोड ४८ लाखको भ्रष्टाचार

टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार आरोप : प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

नेपाल टेलिकममा भ्रष्टाचार : प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध अख्तियारमा मुद्दा

कर्मचारीहरु कालोपट्टी बाँधेर काममा

संघीय निजामती सेवा ऐन जारी गर्न माग, कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

सार्वजनिक संस्थानमा मात्र ४५ सय बढी करार सेवाका कर्मचारी

संघीय निजामती सेवा ऐनको माग गर्दै निजामती कर्मचारी युनियनको आन्दोलन सुरु

बिशेष