संघीय निजामती सेवा ऐनको माग गर्दै निजामती कर्मचारी युनियनको आन्दोलन सुरु

काठमाडौं, २०८२ जेठ २० — संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। कार्यवाहक अध्यक्ष उत्तम कुमार कटुवालको हस्ताक्षर रहेको विज्ञप्ति जारी गर्दै युनियनले सरकारको उदासिनताप्रति गम्भीर आपत्ति जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, संघीय शासन प्रणाली कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि संघीय निजामती सेवा ऐन नआउनुले देशको सार्वजनिक प्रशासन अन्योलमा परेको उल्लेख छ। युनियनका अनुसार १८/२० वर्षसम्म बढुवा नहुनु, पदोन्नतिको अभाव, सेवाको सुरक्षामा कमजोरी, अन्तरप्रदेश सरुवामा अपारदर्शिता, तथा न्यून सेवा सुविधाका कारण कर्मचारीको मनोबल अत्यन्तै कमजोर बनिरहेको छ।

 

बिज्ञापन

“वृत्ति विकास, सेवाको सुरक्षा र पेशागत हितका लागि संघीय निजामती सेवा ऐन अपरिहार्य भएको छ,” विज्ञप्तिमा भनिएको छ। युनियनका अनुसार यस्ता समस्या समाधानका लागि लामो समयदेखि सरकारसँग वार्ता, छलफल र विरोधका कार्यक्रम हुँदै आएका छन्, तर राज्य व्यवस्था तथा सुशासन समितिले पूर्वप्रतिबद्धता विपरीत विधेयक तयार पारेर प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेपछि आन्दोलनको बाध्यता सिर्जना भएको हो।

 

२०८२ जेठ २० गते बसेको राष्ट्रिय ट्रेड युनियनहरूको बैठकले चरणबद्ध आन्दोलनको कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। त्यस क्रममा पहिलो चरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना कार्यक्रम सम्पन्न गरिएको युनियनले जनाएको छ। अर्को सूचना नभएसम्म सबै युनियन सदस्यहरूले कालो पट्टी बाँधी सेवा प्रवाह गर्ने कार्यक्रम पनि घोषणा गरिएको छ।

 

युनियनले आफ्ना सबै सदस्यहरूलाई विरोधका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष