संघीय संसदका ४ समितिको बैठक बस्दैँ

 संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैँछ ।

बिज्ञापन

संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछन । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अपरान्ह १२ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा कृषकहरुलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा, कृषि अनुदानलाई उत्पादनमुलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धी सम्बन्धमा, कृषिजन्य उत्पादन उखु अलैंची अदुवा कफि चिया सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन सम्बन्धमा र रैथाने कृषिबालीको संरक्षण र विकास सम्बन्धमा छलफल गरिने भएको छ ।

बिज्ञापन

उता, बिधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल दिउँसो २ः०० बजेबाट सुरू हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो २ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिने भएको छ।

 

बिज्ञापन

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तर्क्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने

काम नगर्ने ठेकेदारमाथि सरकारको कडा कारबाही : देशभर १९७ रुग्ण ठेक्का एकैचोटि तोडियो

बालेनकै मान्छे माग्न थाले गृहमन्त्रीको राजीनामा, ईको काउन्टर – ‘सारथि फेरिए प्रधानमन्त्री पनि फेरिन्छ’

चालु आर्थिक बर्षको तीन महिनामै तीन सचिवले दिए राजीनामा

काम नगर्ने ठेकेदारलाई सडक डिभिजन काठमाडौको कडा जवाफ — ‘अब सुधार नभए ठेक्का समाप्त

म्यान्डेट बिर्सिएर अर्थहीन काममा अल्झिरहेछ सुशीला सरकार

डिजिटल नापीको युग : प्राविधिक दक्षता, पारदर्शिता र नागरिक सुविधा तर्फको अग्रसरता

अब को होला २९ औं मुख्य सचिव ?

बिशेष