बिचौलिया खड्का ४० लाख खर्च गरेर हाकिम फेर्दै

काठमाडौं । मालपोत कार्यालय ललितपुरमा बिचौलियाको गम्भीर चलखेल भएको खुलासा भएको छ। हाल गाईघाट, उदयपुरका प्रभावशाली बिचौलिया प्रमोद खड्का हाल कार्यरत प्रमुख जीवन सेडाईलाई हटाएर आफ्नो निकटका कर्मचारीलाई नियुक्त गराउन सक्रिय रहेको स्रोतको दाबी छ।

बिज्ञापन

 

बिज्ञापन

स्रोतका अनुसार, हाल वीरगञ्ज मालपोत कार्यालयमा कार्यरत प्रमुख अशोक भट्टराई वा काभ्रेका प्रमुख दीपक कोइरालालाई ललितपुर ल्याउने योजनामा खड्का लागिपरेका छन्। सोही उद्देश्यका लागि खड्काले ४० लाख रुपैयाँसम्म लगानी गरिसकेको समेत बताइएको छ।

 

बिज्ञापन

ललितपुर मालपोत कार्यालय उपत्यकाको एक आकर्षक र आम्दानी बढी हुने कार्यालयका रूपमा चिनिन्छ। यही कारण पछिल्लो समय त्यहाँ जानका लागि कर्मचारीहरू बिचौलियाको शरणमा जान थालेका छन्। स्रोतका अनुसार, केही मुख्य शाखाहरूको नेतृत्वसमेत फेरबदल गर्ने तयारी भैरहेको छ।

 

यसरी नियुक्तिका लागि ठूलो रकम बुझाएर कार्यालयमा पुग्ने कर्मचारीबाट आम जनताले सहज र पारदर्शी सेवा पाउने सम्भावना न्यून हुन्छ। बरु, लगानी उठाउने नाममा सेवाग्राहीमाथि अनावश्यक दबाब र असहजता सिर्जना हुने खतरा देखिएको छ। यो अवस्थाले केवल नागरिकको दुःख मात्र बढाउने होइन, राज्यसंस्थामाथिको जनविश्वासमा समेत गम्भीर असर पार्ने विश्लेषकहरू बताउँछन्।

 

यसैबीच, इनरुवा मालपोतका प्रमुख षड कुमार पोखरेल जेठ १० गते रिटायर्ड भएका छन् भने विराटनगरका प्रमुख भानुभक्त न्यौपाने जेठ १६ गते अनिवार्य अवकाशमा गइसकेका छन्। यी रिक्त पदहरूमा बिचौलियाले आफ्ना मान्छे ‘घुसाउने सुनौलो मौका’को रूपमा हेरिरहेको स्रोतको भनाइ छ।

 

यी सबै घटनाक्रमले देशको मालपोत प्रणालीमा गम्भीर सुधारको खाँचो देखिएको छ। बिचौलियाको प्रभाव, कर्मचारी नियुक्तिमा हुने लेनदेन र प्रशासनिक निर्णयमा देखिएको चलखेलले पारदर्शिता, जवाफदेहिता र सुशासनमाथि प्रश्न उठाएको छ।

 

अब यस्ता विकृति रोक्न सम्बन्धित मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायहरूले तुरुन्त चासो दिन जरुरी भएको सरोकारवालाहरूको भनाइ छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कारवाही नहुने हो भने सार्वजनिक सेवा प्रणाली नै गम्भीर संकटमा पर्ने निश्चित देखिन्छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

बिशेष