रसुवाका पाँच पालिका : आमाछोदिङ्मोको बेरुजु सबैभन्दा बढी,कम कालिकाको

रसुवा जिल्लाका पाँच पालिकामध्ये सबैभन्दा बढी अनियमित खर्च आमाछोदिङ्मो गाउँपालिकामा रहेको पाइएको छ । आर्थिक बर्ष ०८०/ ८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार कालिका गाउँपालिकामा सबैभन्दा कम सबैभन्दा बढी बेरुजु आमाछोदिङ्मो रहेको विवरण सार्वजनिक भएको हो ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ बार्षिक प्रतिवेदन अनुसार कालिका गाउँपालिकाको बेरुजु   १ दशमलव शून्य २ प्रतिशतमात्र  रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त पालिका अहिले रसुवाका सांसद मोहन आचार्यका उत्तराधिकारीका रुपमा हेरिएका हरिकृष्ण देवकोटाले कमाण्ड गरिरहेका छन् ।

बिज्ञापन

विवरण अनुसार,रसुवाका पाँच पालिकामध्ये सबैभन्दा बढी बेरुजु रहेको आमाछोदिङ्मोको बेरुजु १ दशमलव ८२ प्रतिशत रहेको महालेखाले प्रतिवेदनमा लेखेको छ । सो पालिकाका प्रमुखमा बुचुङ तमाङ र उपप्रमुखमा चण्डिका तमाङ रहेका छन् ।

बिज्ञापन

यस्तै, रसुवा जिल्ला एमालेका नेता समेत रहेका कैसाङ नोर्पु तमाङ अध्यक्ष रहेको पालिकाको बेरुजु १ दशमलव ६९ प्रतिशत रहेको महालेखाले जनाएको छ । अघिल्लो पटक रसुवाका पाँच पालिकामध्ये उत्तरगया सबैभन्दा कम बेरुजु रहेर सुशासनको मानक बनाएको उत्तरगयाको बेरुजु यस पटक दोब्बरले बढेको छ । यस पटक उत्तरगया गाउँपालिकाको बेरुजु १ दशमलव ४७ प्रतिशत रहेको छ । जबकी अघिल्लो पटक सो पालिकामा शून्य दशमलव ६० प्रतिशतमात्र अनियमित खर्च रहेको थियो । सो पालिका अहिले नेकपा एमालेका केन्द्रीय सदस्य माधव अर्यालले कमाण्ड गरिरहेका छन् । उपाध्यक्षमा दोश्रो पटक चमेली गुरुङ कुर्सीमा छिन् । पछिल्लो पटक सो पालिकाले आफ्ना अधिकांश कामहरु एउटा एनजिओमार्फत गर्दै आएको छ । कानुन विपरित सरकारी विद्यालयका प्रचार्यले सञ्चालन गरिरहेको एनजिओलाई पालिकाको अधिकांश कामको जिम्मेवारी दिइएको बिषयलाई महालेखाले बेरुजुको रुपमा औल्याएको छ । विवरण अनुसार नौकुण्डको बेरुजु १ दशमलव २९ प्रतिशत रहेको छ ।

अघिल्लो पटक अर्थात ६१ औँ बार्षिक प्रतिवेदन अनुसार कालिका गाउँपालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत बेरुजु थियो ।यस पटक १ दशमलव शून्य २ प्रतिशतमात्र बेरुजु कायम भएको छ ।

बिज्ञापन

यस्तै उत्तरगयाको बेरुजु रकम शून्य दशमलव ६० प्रतिशत रहेको थियो भने आमाछोदिङ्माको बेरुजु ३ दशमलव ५३ प्रतिशत,नौकुण्ड गाउँपालिकाको २ दशमलव २३ र गोसाइकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत रहेको थियो ।

दुई आर्थिक बर्षको प्रतिवेदन केलाउँदा अन्य चार पालिकाको बेरुजु घट्दा उत्तरगयाको बेरुजु भने दोब्बरले बढेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

प्रधानमन्त्री देखी मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा

सांसदका थरी थरी काण्ड : दुई जेलमा,एक निलम्बित,अर्काे फरार

नायव निरीक्षक खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित

भ्रष्टाचार मुद्धामा सफाई पाएको दुई महिना नबित्दै पाँच कर्मचारीविरुद्ध फेरि अर्काे मुद्धा

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

पूर्व मन्त्री,सचिवसहित १६ विरुद्ध ३ अर्बको भ्रष्टाचारको मुद्धा दायर

देशभरमै शून्य बेरुजु भएको एकमात्र गाउँपालिका काभ्रेको महाभारत

बिशेष