भाइरसले थला परेको निजामती किताबखानाले पायो पुर्नजीवन

फेसलेस र पेपरलेस कार्यालय बनाउँदै महानिर्देशक पोखरेल

बिज्ञापन

१० -५ को सरकारी जागिर खाने कर्मचारीको भीडमा फरक पहिचान छ,श्रवण कुमार पोखरेलको । जहाँ र जुन निकायमा बस्यो त्यही केही न केही सुधारका यत्न गर्ने सहसचिव पोखरेल निजामती किताबखानाको नेतृत्वमा पुगेसँगै त्यहाँ सुधारका संकेतहरु देखिन थालेका छन् ।

बिज्ञापन

गृह प्रशासनमा रहँदा इलाम,बाँके लगायतका जिल्लामा यथेष्ट सुधारका यत्न गरेका उनी त्यसपछि बाग्मती प्रदेशमा पुगेका थिए । त्यहाँबाट सरुवा भएर अहिले निजामती किताबखानाको नेतृत्वमा छन् । त्यहाँ पुगेको दुई महिना पनि पुगेको छैन । जिम्मेवारी सम्हाल्दै गर्दा पोखरेलले भनेका थिए,भाइरसका कारण थला परेको किताबखानालाई ४५ दिन भित्रै यसलाई पुर्नजीवन दिन्छु । नभन्दै उनको टिमको पहिलो उपलब्धि नै त्यही भएको छ । झन्डै एक बर्ष अघि अर्थात २०८० चैत्र २३ गते सेक्सी नामको माल्वेयरको आक्रमणबाट बिभागको सफ्टवेयर काम नलाग्ने अवस्थामा पुगेको थियो । त्यसैलाई पुर्नजीवन दिने काम भएको छ ।

पोखरेलको नेतृत्वमा प्राबिधिक कर्मचारीहरुको टास्क फोर्स बनाई लाइभ सेवा संचालन गर्नका लागि हार्डवेयर र सफ्टवेयरमा तत्काल गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गरि आवस्यक सुधारको काममा प्रारम्भ गरेको थियो । भाइरसका कारण थला परेको किताबखाना भाईरसले आक्रमण गरे पछि कार्यलय प्रयोजनका लागि मात्र सिमित पहुंचका साथ संचालन भैरहेको निजामती कर्मचारीहरुको वैयाक्तिक तथा नोकरी बिवरणको पिआइएस सिष्टम हालैमात्र लाइभ भएको छ ।

बिज्ञापन

पोखरेलले सेवा प्रवाहलाई छिटो ,छरितो र झन्झट रहित तुल्याउन बहाल भए संगै केहि रिफर्म एक्टिभिटी शुरु गरि सकेका छन् । सरकारी कार्यालयलाई फेसलेस र पेपरलेस बनाउने योजना अनुरुप नयाँ सेक्सन नै बनाएर कार्य प्रारम्भ भइरहेको किताबखानाले जनाएको छ । यस्तै एउटै बिन्दुबाट सेवा प्रवाहको ब्यवस्था मिलाउन यस अघि नै सेक्सन मर्ज गर्ने काम समेत पोखरेलको नेतृत्वमा भइसकेको छ । यो सँगै राष्ट्रिय कितावखानाको सेवालाई एउटै काउन्टरबाट सबै सेवा पुर्याउने छ ।

महानिर्देशक पोखरेलका अनुसार,अबको केही महिना पछि नै बहालवाला र निबृत्त निजामती कर्मचारी लाई सेवा प्रवाहमा सुधार भएको अनुभुति गर्ने र गराउने तहमा पुर्याउने गरि बिभागले कार्य गरिरहेको जनाउँछन् ।

बिभागको मुख्य लाभग्राही नै बहालवाला कर्मचारी , सेवा निबृत कर्मचारी र तिनका आशृत परिवार रहेकोले उनीहरुले विगतमा खेप्दै आएको सास्ति र हैरानी अब खेप्नु नपर्ने गरि विभागमा सुधारका काम भइरहेको पोखरेलको भनाई छ । प्रविधिमैत्री निजामती किताबखाना बनाइएसँगै अब कर्मचारीले आफ्नो बिवरण हेर्न,डाउनलोड गरेर प्रिन्ट गर्न सक्ने , घरै बाट सिटरोल दर्ता गर्न सक्ने , सरोकारवाला निकायको पनि बिभागको सुचनामा सोझै पहुच रहने र नागरिक एप्स लगयत अन्य सरकारी प्रणाली संग पनि आवद्वता बिस्तार गरिँदै लगिने बताउँछन् पोखरेल ।

भाइरसका कारण थला परेको किताबखानालाई पुर्नजीवन दिँदै महानिर्देशक पोखरेल

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

बिशेष