भूमाफियाहरु छुटे धरौटीमा ,मालपोत र नापीका कर्मचारीलाई पक्राउ पूर्जी

खोलाकै किनारै बेचबिखन गर्ने विचौलियाहरुलाई अदालतले धरौटीमा छाडिदिएको छ ।भूमाफियाहरुको एउटा समूहले ५ आना जग्गालाई लिखत कीर्ते गरी अगाडि १ थपेर १ रोपनी १५ आना बनाएर वेचविखन गरेको भेटिएको थियो । यो प्रकरणमा जोडिएका भूमाफियाहरुलाई अदालतले पचास हजारदेखि आठ लाखसम्म धरौटी लिएर छोडिदिएको छ भने भूमाफियाको स्वार्थ अनुसार काम गर्ने नापी र मालपोतका कर्मचारीलाई पक्राउ पूर्जी जारी भएको जनाइएको छ ।

बिज्ञापन

ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको एउटा खोलाको किनारै आफ्नो नाममा ल्याएर वेचविखन गर्ने विचौलियाहरुलाई ललितपुर जिल्ला अदालतका न्यायधीश विष्णु प्रसाद गौतमको एकल इजलाशले गत शुक्रवार भूमाफियाहरुलाई धरौटीमा रिहा आदेश गरेको हो ।

बिज्ञापन

नेपालको एउटा मात्र यस्तो खोला हो कर्मनशा,जो उत्तर तर्फ बग्दै आएको छ । सोही खोलाको किनारै आफ्नो नाममा ल्याएर वेचविखन गर्ने भूमाफियाहरु अदालतको आदेश अनुसार १ लाखदेखि आठ लाखसम्म बुझाएर रिहा भइसेका छन् भने यो प्रकरणमा जोडिएका नापी र मालपोतका ८ कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भूमाफियाहरुको एउटा समूहले ५ आना जग्गालाई लिखत कीर्ते गरी अगाडि १ थपेर १ रोपनी १५ आना बनाएर वेचविखन गरेको भेटिएको थियो । यो प्रकरणमा जोडिएका भूमाफियाहरु हुन,सानुकृष्ण महर्जन,सानु महर्जन,राजु महर्जन,सनम महर्जन,सानुबाबु डंगाले,प्रवेश महर्जन,सुजिता खड्का र राधेश्याम श्रेष्ठ ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ साविक इमाडोल ६ ९घ०को कित्ता नम्बर ४७५ को कर्मनशा खोला बगर तथा नदी उकास सार्वजनिक जग्गा समेत छुट दर्ता गरी परिवर्तित किता नम्बर २४३५ बनाइ विक्री वितरण प्रकरणमा मुछिएका यी भूमाफियाहरुलाई सरकारी वकिलले गत चैत्र ३१ मा अदालतमा पेश गरेकोमा ५ दिन लामो वयान र थुनछेक बहस पछि सनम महर्जनलाई ५० हजार,सानुकृष्ण,सानुकाजी महर्जनलाई एक लाख,राजु महर्जन २ लाख सानुबाबु डंगोल र प्रवेश महर्जनलाई ३ लाख,सुजिता खड्का ५ लाख र राधेश्याम श्रेष्ठलाई ८ लाख रुपैंया धरौटीमा ललितपुर जिल्ला अदालतका न्यायधीश विष्णु गौतमको इजलाशले यस्तो आदेश दिएको हो ।

बिज्ञापन

नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर भूमाफियाहरुले आफ्नो नाममा ल्याएर सार्वजनिक जग्गा बेचबिखन गरेको भेटिएसँगै ललितपुर नापीका तत्कालीन नापी प्रमुख भरत सिंह ऐर,सर्भेक्षकद्धय केशव थापा र विनोद कुमार चौधरी (हाल लहान कार्यालय)मा र मालपोतका कर्मचारीहरु श्याम क्षत्री,चन्द्रप्रकाश गिरी र केशव थापाविरुद्ध समेत पक्राउ पूर्जी जारी गरेको छ । अदालतले १ रोपनी पाँच आना जग्गा रोक्का गर्न आदेश दिएको छ ।

जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गालाई भुमाफियाहरुले नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर बढ क्षेत्रफल कायम गरेर ४ रोपनी ४ आना बनाएको कागजातमा भेटिन्छ । नियम अनुसार खोलाको जग्गालाई वढ कायम गर्न मिल्दैन । २०६८ वैशाखमा ५ आना कित्ताकाट गरेर सुजिताको नाममा गएको थियो । सो त्यो ५ आना जग्गाको लालपुर्जामा उल्लेखित जग्गाको क्षेत्रफलमा रोपनीतर्फ जिरो भएका ठाउँमा १ थपेर १ रोपनी ५ आना कायम गरी विक्री वितरण गरेको भेटिएको हो । ५ आना जग्गाबाट १ रोपनी पाँच आनामध्ये उत्तरतर्फ १ रोपनी १२ आना २ पैसा जग्गा राधेश्याम श्रेष्ठलाई वेचबिखन गरेको भेटिएको थियो ।

५ आना जग्गालाई १ रोपनी ५ आना बनाएर विक्री,मालपोत र नापीका कर्मचारीको भागाभाग

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रका ११ एसएसपीहरूको सरुवा

सशस्त्र प्रहरीका १२ डिआइजीको सरुवा

मेयर,उपमेयर,प्रमुख प्रशासकीय,लेखा अधिकृतसहित ६ विरुद्ध वन मुद्धा

शिक्षक पछि चिकित्सकहरु उत्रिए सडकमा,निजामती कर्मचारी आन्दोलित

६१ जना इन्स्पेक्टरहरूको सरुवा

उपत्यकाका ९ प्रहरी वृत्तका इञ्चार्जसहित १२१ डिएसपीको एकै पटक सरुवा

भूमाफियाहरु छुटे धरौटीमा ,मालपोत र नापीका कर्मचारीलाई पक्राउ पूर्जी

राजश्वमारा कर्मचारीलाई जोगाउन एमाले नेताहरुको दौडधूप

बिशेष