मकै पोल्ने र सालको पात बेच्नेलाई उपमहानगरपालिकाको सहयोग

बुटवल । बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई आज उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ।

बिज्ञापन

शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरुलाई जनही ५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।

बिज्ञापन

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जनालाई सम्मानसहित रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महसुस गर्ने गरी साझा सहरका रुपमा स्थापित गर्न र परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरुलाई प्रोत्साहन गर्न केही सहयोग गरेको बताए। उनले नगरले दिएको रकमले महिलाहरुले आफ्नो पेशा व्यवसायलाई अरु स्तरीय बनाउनका लागि सहयोग हुने बताए।

उनले बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने उदेश्य लिएको र सोहीअनुसार काम गर्दै गएको बताए। उनले बुटवललाई देशमै उत्कृष्ट सहर बनाउने योजनाका साथ नीति कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याएको बताउँदै नगरबासीको साथले मात्रै बुटवललाई समृद्ध बनाउन सकिने बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

बिशेष