सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । केही दिन सचिव र सहसचिवहरूको नाडी छामिसकिएपछि फेरि पनि सरकारले केही सचिवको सरुवा गर्न लागेको बताइन्छ ।
बिज्ञापन
मन्त्रिपरिषदले पूर्णत पाएलगतै दुई सचिव यता उता भएका छन् । पुर्नगठित प्रचण्ड सरकारको दोश्रो क्याविनेट बैठकले काविल प्रशासकका रुपमा चिनिएका एकनारायण अर्याललाई गृहमा भित्र्याएर त्यहाँका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । सामान्य प्रशासनबाट अर्थ मन्त्रालयमा दोहोरिने सौभाग्य पाएका कृष्णहरि पुष्कर अर्थमन्त्रीको रेड जोनमा छन् । उनीमात्र होइन अर्थका आधा दर्जन सह सचिवहरु समेत त्यहाँबाट बाहिरिने हिट लिष्टमा छन् । माओवादी निकटका सचिवका रुपमा चिनिएका कृष्ण राउत र रामकृष्ण सुवेदी हुन । सुवेदीले अर्थ ताकिरहेको भए पनि उनलाई सञ्चारबाट चलाइने सम्भवना कम छ भनिन्छ । यस्तोमा अर्जुन पोखरेल पुन अर्थ सचिव बन्न सक्ने चर्चा पनि चल्दैछ,सिंहदरबारतिर । अर्थ स्रोतका अनुसार, अर्थमन्त्री पुनले बजेट निर्माणको मुखमा सहसचिवको सेटै परिवर्तन गर्न खोज्दैछन् ।
बिज्ञापन
यस अघि बाग्मती प्रदेशबाट उद्योगमा फड्को हानेका मुकुन्द निरौला, बाणिज्य सचिव नारायण शर्मा दुवाडी, रक्षा सचिव किरण शर्मादेखि भूमि सचिव गोकर्णमणि दुवाडीहरु समेत सरुवामा पर्न सक्ने बताइँदैछ । यस्तै हिट लिष्टमा रहेका अर्काे सचिव छन्,डा सुरेश आचार्य उनी कुटनीतिक राहदानी दुरुपयोग प्रकरणमा मुछिएर बदनामी खेप्दैछन् । उद्योग,खानेपानी,भूमि,रक्षा लगायतका मन्त्रालय नै एमालेसँग छ र संयोग यी चारवटै मन्त्रालयको प्रशासनिक नेतृत्व काँग्रेससँग निकट रहेका प्रशासकहरुले गरिरहेका छन् । यी चारै सचिवहरु परिवर्तन हुने सम्भवना रहेको बताइँदैछ ।
उक्त श्रोतका अनुसार सुरेश अचार्यलाई यस अघि नै बसिसकेको नेपाल ट्रष्टमा लैजाने गरि छलफल चलिरहेको छ । यस्तै सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी समेत सामान्य सचिव विनोद सिंह विकल्प खोज्न थालेका छन् । त्यहाँ राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम राया र बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय सामान्यमा भित्रने चर्चा चल्दैछ ।
बिज्ञापन
उता जनसंख्या मन्त्रालय कार्यरत सचिव देवकुमारी गुरागाई सेवा हद लागेर घर फर्किएसँगै एकै पटक पाँच सचिव पद रिक्त हुन पुगेको छ । देवकुमारीको ठाउँमा शिक्षातिरका सहसचिवहरु चुणामणि पौडेल, डा हरि लम्साल र हाल गृहमा रहेका केदारनाथ शर्माबीच प्रतिष्प्रर्धा हुँदैछ । तर बढूवा गरेर कहाँ लगेर नियुक्ति दिने समस्या छ । कारण अहिले प्रधानमन्त्री कार्यालयको दरबन्दी काटेर तीन जनामात्र सचिव राख्ने भनिएको छ । त्यहाँ अहिले रहेका ७ सचिवमध्ये ४ जनालाई कहाँ लगेर थन्काउने टुंगो छैन । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्जुनप्रसाद पोखरेल,कानुन तर्फ लीलादेवी गडतौला,इन्जिनियरिङ्गतर्फ सरजुकुमार वैद्य,गणेशप्रसाद पाण्डेय र विशेष दरबन्दीमा खगेन्द्रप्रसाद नेपाल कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा तीन जना सचिव मात्र राख्ने निर्णय भएको छ तर प्रधानमन्त्री कार्यालयमा अहिले सात जना सचिवको यदी साच्चै ओएण्डएम इमान्दारितापूर्व कार्यान्वयन गर्ने हो भने त्यसको शुरुवात नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गर्नुपर्ने हुन्छ । अनि दरवन्दी नभइ सहसचिवलाइ सचिवमा बढूवा गर्न मिल्दैन न त बढुवा गरेर कायम मुकायम नै दिन मिल्छ । होइन भने अझै बांकी दुइ जना सचिव केवल भण्डारी र सुरेश अधिकारी अवकाश भएपछि मात्र आगामी वैशाखमा मात्र यी तीनमध्येबाट एक लाई सचिव बढूवा गर्नुपर्ने बताउँदैछन्,प्रशासकहरु ।