तीन सचिवको सरुवा:शीतलनिवासबाट दुवाडीलाई टंगाल सारिदा,उपाध्यायलाई अर्थको जिम्मेवारी

सरकारले तीन जना सचिवको जिम्मेवारीमा हेरफेर गरेको छ । हेरफेरमा परेका सचिवहरुमा अर्थ,अख्तियार र राष्ट्रपति कार्यालयका सचिवहरु रहेका छन् । हिजो बसेको क्याविनेट बैठकले अख्तियारका सचिव घनश्याम उपाध्यायलाई टंगाल बाट सिंहदरबारमा ल्याएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिसकेपछि त्यहाँका सचिवलाई बजेट निर्माण गर्ने तयारी भइरहेको समयमा अर्थमा सारिएको छ ।

बिज्ञापन

श्रम मन्त्रालयबाट सात महिना अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवका रुपमा सरुवा गरेर अर्थ मन्त्रायमा कार्यरत रामप्रसाद घिमिरेलाई भने  शीतलनिवासतिर पुर्याइएको छ । पछिल्लो समय अर्थका सचिवद्धय घिमिरेको कार्यशैली र कार्यसम्पादन प्रति प्रधानमन्त्री र अर्थमन्त्री र रुष्ट रहँदै आएका थिए । सोही कारण अर्थ सचिवलाई सिंहदरबारबाट शीतलनिवासतिर पुर्याइएको हो ।घिमिरेलाई गत साउनमा अर्थसचिवको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी अर्थमै राजस्व सचिव थिए।

बिज्ञापन

यस्तै राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष