बीमा प्राधिकरणको अध्यक्ष बन्न एक दर्जन इच्छुक :- पूर्व सचिव पुडासैनी सशक्त उमेद्धार

नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । आवेदन दिनेमा पूर्व सचिव,वीमा प्राधिकरणका पूर्व अध्यक्ष,कार्यकारी निर्देशक,यस अगाडि नै सरकारी निकायमा काम गरिसकेका पूर्व महाप्रवन्धक लगायत रहेका छन् ।

बिज्ञापन

अर्थ मन्त्रालयका अनुसार अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले माग गरेको आवेदनमा १२ जनाले दरखास्त दिएका छन् । जसमा कमलप्रसाद रेग्मी, डा देवराज रोका, शरद ओझा, चीरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको मन्त्रालयले जनाएको छ । आवेदकमध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन् । त्यस्तै पुडासैनी पूर्वराजस्व सचिव, पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र नेपाल नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक हुन् ।

बिज्ञापन

नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेपछि सो पद रिक्त छ । नयाँ नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले पुस २६ गते १५ दिनको समय दिएर आवेदन माग गरेको थियो ।

आवेदकमध्ये पूर्व राजश्व सचिव पुडासैनी सशक्त दावेदार मानिएका हुन । उनी कृषि विकास बैंकका अध्यक्ष समेत चलाइसकेका कर्मचारी हुन । यस्तै यस अघि नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका रमणलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशक र बसौला स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक चलाइसकेका प्रशासकहरु हुन ।

बिज्ञापन

समितिले आवेदकमध्येबाट सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण गर्न लगाइ अन्तर्वार्ता लिएर तीन जनाको नाम सिफारिस गर्नेछ। समितिको सिफारिसमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषद्ले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

सरकारको ठूलो निर्णय: चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक, लोकसेवाको विज्ञापन नखुल्ने

बिशेष