यी हुन सहुलियतपूर्ण कर्जा दुरुपयोगमा केन्द्रीय बैंकका कारबाहीमा परेका सीइओ

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा दुरुपयोगमा मुछिएका बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई कारवाही गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा यस्तो बदमासीमा मुछिएका २ सञ्चालकसहित १५ प्रमुख कार्यकारी अधिकृतमाथि नेपाल राष्ट्र बैंकले कारवाहीको डण्डा चलाएको छ ।

बिज्ञापन

जसमा ७ विकास बैंक र ८ वित्त कम्पनीका प्रमुख कार्यकारी एकैपल्ट कारबाहीमा परेका हुन । राष्ट्र बैंकको वित्तिय संस्था सुपरिक्षण विभागले साउनदेखि पुस मसान्तसम्म २ सञ्चालक समेत कारबाही गरेको छ। पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्सका सञ्चालक कारबाहीमा परेका छन्। यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात वटा विकास बैंक र ग बर्गका ८ वटा फाइनन्स कम्पनीलाई केन्द्रीय बैंकले सचेत गराएको छ ।

बिज्ञापन

केन्द्रीय बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न विज्ञ नियुक्त गरी अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनका अनुसार यी संस्थाबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थालाई सोधिएको थियो । सम्बन्धित विकास बैंक र वित्त कम्पनी आफैंले आफूले दिएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएको बताएका थिए ।

जस अनुसार विकास बैंकतर्फ लुम्बीनी विकास बैंक,महालक्ष्मी विकास बैंक,कामना सेवा विकास बैंक, मुक्तीनाथ विकास बैंक, सालपा विकास बैंक,गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक रहेका छन् भने  सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन गर्ने समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स,आइ सि एफ सि फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम केन्द्रीय बैंकले कारवाही गरेको हो ।

बिज्ञापन

यस्तै केन्द्रीय बैंकले सेन्ट्रल फाइनान्सले नियामकीय मौज्दात रकम पूरा नगरेको पाइएपछि ९,१०६ रुपैयाँ जरिवाना तिराएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

बिशेष