यी हुन सहुलियतपूर्ण कर्जा दुरुपयोगमा केन्द्रीय बैंकका कारबाहीमा परेका सीइओ

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा दुरुपयोगमा मुछिएका बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई कारवाही गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा यस्तो बदमासीमा मुछिएका २ सञ्चालकसहित १५ प्रमुख कार्यकारी अधिकृतमाथि नेपाल राष्ट्र बैंकले कारवाहीको डण्डा चलाएको छ ।

बिज्ञापन

जसमा ७ विकास बैंक र ८ वित्त कम्पनीका प्रमुख कार्यकारी एकैपल्ट कारबाहीमा परेका हुन । राष्ट्र बैंकको वित्तिय संस्था सुपरिक्षण विभागले साउनदेखि पुस मसान्तसम्म २ सञ्चालक समेत कारबाही गरेको छ। पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्सका सञ्चालक कारबाहीमा परेका छन्। यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात वटा विकास बैंक र ग बर्गका ८ वटा फाइनन्स कम्पनीलाई केन्द्रीय बैंकले सचेत गराएको छ ।

बिज्ञापन

केन्द्रीय बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न विज्ञ नियुक्त गरी अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनका अनुसार यी संस्थाबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थालाई सोधिएको थियो । सम्बन्धित विकास बैंक र वित्त कम्पनी आफैंले आफूले दिएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएको बताएका थिए ।

जस अनुसार विकास बैंकतर्फ लुम्बीनी विकास बैंक,महालक्ष्मी विकास बैंक,कामना सेवा विकास बैंक, मुक्तीनाथ विकास बैंक, सालपा विकास बैंक,गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक रहेका छन् भने  सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन गर्ने समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स,आइ सि एफ सि फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम केन्द्रीय बैंकले कारवाही गरेको हो ।

बिज्ञापन

यस्तै केन्द्रीय बैंकले सेन्ट्रल फाइनान्सले नियामकीय मौज्दात रकम पूरा नगरेको पाइएपछि ९,१०६ रुपैयाँ जरिवाना तिराएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बालेनसँग डराएनन् ५ हजारभन्दा बढी कर्मचारी: बुझाएनन् सम्पत्ति विवरण

राजनीतिमा लागे निजामती कर्मचारी सेवाबाटै हटाइने

सर्वोच्च अदालतमा रिट दर्ता प्रक्रियाप्रति बार एशोसिएशनको गम्भीर चासो

वनमन्त्रीको शासन : तीन बर्षदेखि काजमा कार्यरत कर्मचारीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी

बिशेष