उच्च अदालतका रजिस्ट्रार भ्रष्टाचारी ठहर:-५ लाख हिनामिना

श्रीमतीलाई करारमा जागिर खुवाउनेदेखि नक्कली बिल बनाएर भुक्तानी लिनेसम्मका अनियमितता गर्ने उच्च अदालतका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालत, काठमाडौंले उनीविरुद्धको मुद्दामा आइतबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ भदौ २०७९ मा ४ लाख ९८ हजार हिनामिना गरेका थिए । पदको दुरुपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाएर आफैँ स्वीकृत गरी स्वयंले शोधभर्ना लिने, सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटेल खर्च भएको स्वीकृत गरी बिल भरपाई बनाएर भुक्तानी दिएका थिए ।

बिज्ञापन

त्यस्तै, कतिपयमा स्टोरकिपरमा शोधभर्ना भई भुक्तानी लिने, व्यवसायीहरूसँग अफिसको हिसाबकिताव मिलाउन भनी बिल ल्याएर हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्याएर भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको सदर गरी चार लाख ९८ हजार नौ सय ९५ भुक्तानी दिएका थिए।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष