११ महिना पछि धितोपत्र वोर्डले पायो अध्यक्ष,रुपन्देहीका सन्तोष नारायणले मारे बाजी

नेपाल धितोबोर्ड (सेबोन) को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैंठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

सिफारिस समितिले नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम समावेश थियो।क्याविनेटले पहिलो नम्बरमा सिफारिस भएका सन्तोषलाई धितोपत्र वोर्डको अध्यक्षमा नियुक्ति गरेको हो ।

बिज्ञापन

बोर्डको अध्यक्ष पद २०८० पुस २१ गतेदेखि रिक्त रहेको थियो । अध्यक्ष रमेश हमालको ०८० पुस २० गते कार्यकाल सकिएपछि ११  महिनादेखि उक्त कुर्सी रिक्त रहेकोमा आज बसेको क्याविनेटले ११ महिना पछि श्रेष्ठलाई वोर्ड अध्यक्षमा नियुक्ति गरेको हो ।

बोर्डको अध्यक्ष नियुक्त भएका श्रेष्ठले काठमाडौँ विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेका छन्। यस अघि उनी स्वाभिमान लघुवित्त वित्तीय संस्थामा अध्यक्ष र तत्कालीन नेपाल एक्स्प्रेस फाइनान्सका अध्यक्ष चलाइसकेका छन् । यस्का अलवा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य पनि चलाइसकेका छन्,एक कार्यकाल ।

बिज्ञापन

श्रेष्ठ कांग्रेस निकटका हुन । रुपन्देही एमालेका अनुसार सन्तोष पनि अर्थमन्त्री विष्णु पौडेलझैं पूर्व स्याङ्जाली हुन्, त्यतैबाट बुटवल झरेका । उनका बाबु चोपनारायण पेट्रोलियम व्यवसायी । कांग्रेस पार्टीको महासमितिदेखि, जिल्ला कमिटीमा बसेर काम गरिसकेका । सन्तोष लामो समयदेखि इन्धन ढुवानी व्यवसायमा संलग्न छन्, एक्सप्रेस परिवहन सेवा कम्पनीमार्फत । उनी नेपाल आयल निगमको भैरहवास्थित भलवारीबाट चोरी भएको इन्धन बिक्री प्रकरणमा मुछिएर ०७१ वैशाख १६ गते १९ वटा ट्यांकरसहित रंगेहात पक्राउ परे । पछि रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश बालचन्द्र शर्माको इजलासबाट सफाइ पाएका ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

कामकाजका लागि मात्रै पठाएका डीजी पदस्थापन नहुँदै विभागमा ५८ कर्मचारीहरूको मनोमानी सरुवा

एमआरलाई अस्पताल प्रवेश निषेध

बिशेष