११ महिना पछि धितोपत्र वोर्डले पायो अध्यक्ष,रुपन्देहीका सन्तोष नारायणले मारे बाजी

नेपाल धितोबोर्ड (सेबोन) को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैंठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

सिफारिस समितिले नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम समावेश थियो।क्याविनेटले पहिलो नम्बरमा सिफारिस भएका सन्तोषलाई धितोपत्र वोर्डको अध्यक्षमा नियुक्ति गरेको हो ।

बिज्ञापन

बोर्डको अध्यक्ष पद २०८० पुस २१ गतेदेखि रिक्त रहेको थियो । अध्यक्ष रमेश हमालको ०८० पुस २० गते कार्यकाल सकिएपछि ११  महिनादेखि उक्त कुर्सी रिक्त रहेकोमा आज बसेको क्याविनेटले ११ महिना पछि श्रेष्ठलाई वोर्ड अध्यक्षमा नियुक्ति गरेको हो ।

बोर्डको अध्यक्ष नियुक्त भएका श्रेष्ठले काठमाडौँ विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेका छन्। यस अघि उनी स्वाभिमान लघुवित्त वित्तीय संस्थामा अध्यक्ष र तत्कालीन नेपाल एक्स्प्रेस फाइनान्सका अध्यक्ष चलाइसकेका छन् । यस्का अलवा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य पनि चलाइसकेका छन्,एक कार्यकाल ।

बिज्ञापन

श्रेष्ठ कांग्रेस निकटका हुन । रुपन्देही एमालेका अनुसार सन्तोष पनि अर्थमन्त्री विष्णु पौडेलझैं पूर्व स्याङ्जाली हुन्, त्यतैबाट बुटवल झरेका । उनका बाबु चोपनारायण पेट्रोलियम व्यवसायी । कांग्रेस पार्टीको महासमितिदेखि, जिल्ला कमिटीमा बसेर काम गरिसकेका । सन्तोष लामो समयदेखि इन्धन ढुवानी व्यवसायमा संलग्न छन्, एक्सप्रेस परिवहन सेवा कम्पनीमार्फत । उनी नेपाल आयल निगमको भैरहवास्थित भलवारीबाट चोरी भएको इन्धन बिक्री प्रकरणमा मुछिएर ०७१ वैशाख १६ गते १९ वटा ट्यांकरसहित रंगेहात पक्राउ परे । पछि रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश बालचन्द्र शर्माको इजलासबाट सफाइ पाएका ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

सरकारको ठूलो निर्णय: चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक, लोकसेवाको विज्ञापन नखुल्ने

बिशेष