मालपोत कार्यालयले उठाए एक महिनामा दुई अर्ब ७० करोड राजस्व

देशभरका १३३ मालपोत कार्यालले एक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ राजस्व संकलन गरेको छ । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजस्व संकलन भएको थियो भने कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो।

बिज्ञापन

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ राजस्व उठाएको छ। मालपोत कार्यालय गोटीखेल ललितपुरले चार लाख ६७ हजार सात सय २०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ ।

बिज्ञापन

चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ ।

मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० सङ्कलन गरेको छ ।

बिज्ञापन

विभागका अनुसार गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० सङ्कलन गरेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाडपर्वलगायत कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष