उपन्यास ‘निरजोया’माथि अन्तरविमर्श

हङकङ प्रवासी संखुवासभा, मादीका साहित्यकार दाजु गुरुङको तेस्रो तथा पहिलो उपन्यासकृति ‘निरजोया’को बुधबार राजधानीमा संघीय विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरियो ।

बिज्ञापन

यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा ‘निरजोया’को विमोचन कार्यक्रम सम्पन्न भएको थियो । सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, विशिष्ट अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङ, कवि तथा प्राज्ञ शशी लुमुम्बू, साहित्यकार तथा समालोचक डा. अशोक थापा, निबन्धकार, समालोचक तथा सम्पादक राजकुमार बानियाँ, कवि कल्पना काफ्ले, कवि तथा समीक्षक उमेश अवस्थी आदर्शलगायतले विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै डा. भट्टराईले नेपाली डायास्पोरिक साहित्य लेखनमा स्थापित साहित्यकार गुरुङले मलेसिया र हङकङको नेपाली डायास्पोरिक समाजको गहिरो अध्ययन गरी ‘निरजोया’ लेखेको आफूले बुझेको बताए ।

बिज्ञापन

उनले भने– “दाजुका यसअघि आएका कथाकृति ‘टाँकीका फूलहरू’ र ‘लाई–सी’ अत्यन्त पठनीय कृति थिए । यो उपन्यासकृति ‘निरजोया’ झनै उत्कृष्ट रूपमा आएको छ । यसको विषयवस्तु, भाषाशैली, कथावाचन सबै रूचिकर छन् ।”

प्राज्ञ मुकारुङले गुरुङको ‘निरजोया’ उपन्यासले पाठकलाई गहिरो प्रभाव पार्ने उल्लेख गर्दै कृतिले पाठकलाई तान्ने नभएर पाठकचाहिँ कृतिप्रति तानिनुपर्नेमा जोड दिए ।
डा. थापाले ‘निरजोया’माथि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसमा माया–प्रेम, स्नेह, सद्भाव र नैतिकता भन्ने कुरा सङ्कटमा पर्दै गइरहेको कुराई गम्भीर ढंगले उठाएको पाएको विचार व्यक्त गरे । उनले गुरुङको लेखनशैली विशेष किसिमको रहेको उल्लेख गर्दै उपन्यास ‘निरजोया’ पठनीय कृति रहेको बताए ।

बिज्ञापन

राजकुमार बानियाँले उपन्यासकार गुरुङमा विषयवस्तुको खोज, पात्रहरूको चयन र लेखनशैली मौलिक रहेको बताउँदै ‘निरजोया’ नेपाली साहित्यका लागि नितान्त नयाँ स्वादको भएको विचार व्यक्त गरेका थिए ।
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको सहजीकरणमा भएको कार्यक्रममा कल्पना काफ्लेले ‘निरजोया’को भाषाशैली काव्यात्मक किसिमको रहेको भन्दै पुस्तक एकै बसाईमा पढिसकिने बताइन् । उमेश अवस्थी आदर्शले पुस्तकले पृथक स्वाद पस्केको विचार व्यक्त गरे । पु्स्तक फिनिक्स बुकले प्रकाशन गरेको हो । २९४ पृष्ठको पुस्तकको मूल्य ४ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष