उपन्यास ‘निरजोया’माथि अन्तरविमर्श

हङकङ प्रवासी संखुवासभा, मादीका साहित्यकार दाजु गुरुङको तेस्रो तथा पहिलो उपन्यासकृति ‘निरजोया’को बुधबार राजधानीमा संघीय विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरियो ।

बिज्ञापन

यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा ‘निरजोया’को विमोचन कार्यक्रम सम्पन्न भएको थियो । सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, विशिष्ट अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङ, कवि तथा प्राज्ञ शशी लुमुम्बू, साहित्यकार तथा समालोचक डा. अशोक थापा, निबन्धकार, समालोचक तथा सम्पादक राजकुमार बानियाँ, कवि कल्पना काफ्ले, कवि तथा समीक्षक उमेश अवस्थी आदर्शलगायतले विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै डा. भट्टराईले नेपाली डायास्पोरिक साहित्य लेखनमा स्थापित साहित्यकार गुरुङले मलेसिया र हङकङको नेपाली डायास्पोरिक समाजको गहिरो अध्ययन गरी ‘निरजोया’ लेखेको आफूले बुझेको बताए ।

बिज्ञापन

उनले भने– “दाजुका यसअघि आएका कथाकृति ‘टाँकीका फूलहरू’ र ‘लाई–सी’ अत्यन्त पठनीय कृति थिए । यो उपन्यासकृति ‘निरजोया’ झनै उत्कृष्ट रूपमा आएको छ । यसको विषयवस्तु, भाषाशैली, कथावाचन सबै रूचिकर छन् ।”

प्राज्ञ मुकारुङले गुरुङको ‘निरजोया’ उपन्यासले पाठकलाई गहिरो प्रभाव पार्ने उल्लेख गर्दै कृतिले पाठकलाई तान्ने नभएर पाठकचाहिँ कृतिप्रति तानिनुपर्नेमा जोड दिए ।
डा. थापाले ‘निरजोया’माथि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसमा माया–प्रेम, स्नेह, सद्भाव र नैतिकता भन्ने कुरा सङ्कटमा पर्दै गइरहेको कुराई गम्भीर ढंगले उठाएको पाएको विचार व्यक्त गरे । उनले गुरुङको लेखनशैली विशेष किसिमको रहेको उल्लेख गर्दै उपन्यास ‘निरजोया’ पठनीय कृति रहेको बताए ।

बिज्ञापन

राजकुमार बानियाँले उपन्यासकार गुरुङमा विषयवस्तुको खोज, पात्रहरूको चयन र लेखनशैली मौलिक रहेको बताउँदै ‘निरजोया’ नेपाली साहित्यका लागि नितान्त नयाँ स्वादको भएको विचार व्यक्त गरेका थिए ।
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको सहजीकरणमा भएको कार्यक्रममा कल्पना काफ्लेले ‘निरजोया’को भाषाशैली काव्यात्मक किसिमको रहेको भन्दै पुस्तक एकै बसाईमा पढिसकिने बताइन् । उमेश अवस्थी आदर्शले पुस्तकले पृथक स्वाद पस्केको विचार व्यक्त गरे । पु्स्तक फिनिक्स बुकले प्रकाशन गरेको हो । २९४ पृष्ठको पुस्तकको मूल्य ४ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष