सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरुवा वोर्ड गठन गर्न माग गरेका छन् । आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाब बढुवा र सरुवाकै आएको भन्दै आफ्ना आफन्त र साथीभाइलाई पनि आफूले पार्टीको चुनावी बाचापत्रको बुँदा नम्बर–८ देखाउने गरेको बताए । उनले पार्टीको बाचापत्रको बुँदा देखाएर पठाउने गरे पनि सरुवा बोर्ड गठन नभएका कारण त्यसले व्यक्तिगत रूपमै असर गर्ने चिन्ता जाहेर गरे ।
“अझ हाम्रो आफ्नै बाचापत्रको बुँदा नम्बर ८ देखाएर स्वायत्त सरुवा बोर्ड गठन हुन्छ जसले विधि र पूर्वानुमानमा सरुवा बढुवा गर्छ भनेको छु,” आचार्यले अगाडि भने “सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ । नत्र यो दसैँमा आफ्नै आफन्त र इष्टमित्रले आशिर्वाद नदेलान् भन्ने पीर छ ।” उनले नातागोता र नजिकका मानिसहरूबाटै हुने स्वार्थप्रेरित दबाबलाई रोक्न सरकारले तत्काल स्वायत्त सरुवा बोर्ड गठन गर्नुपर्ने माग गरेका हुन्।

बिज्ञापन

उनले अगाडि थपे “म राजनीतिमा आएपछि सबैभन्दा बढी दबाब आएको सरुवा र बढुवाको नै हो । अरु बेला सुशासन र पारदर्शिताको कुरा गर्ने मेरा आफ्नै आफन्त र साथीहरू मेरो घरमा नातावाद र कृपावाद खोज्दै सरुवाका लागि आउनुहुन्छ । मैले सबै जनालाई हाम्रो सरकारमा सरुवा बढुवामा विधि र पद्धतिबाहेक अरु केही पनि हुँदैन भनसुन चल्दैन भन्ने गरेको छु ।” उनले ठट्टा र कटाक्षको शैलीमा अगाडि थपे, ‘यदि सरुवा वोर्डको व्यवस्था नभए आउँदो दसैँमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद पाउनु त कता हो कता, काम भएन भनेर सराप पो पाइन्छ कि भन्ने डर छ। यो सरापबाट मलाई बचाइदिनुपर्यो सरकार।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

सरुवा भएका सचिवले बुझेनन रमाना,बजेट निर्माणमा सक्रिय

३८ शाखा अधिकृतको सरुवा : १४ लाई राष्ट्रिय योजना आयोग

अधिकृतस्तरका ३४ कर्मचारीको सरुवा (सूचीसहित)

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

बिशेष