प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठकमा दुई मन्त्रीले विधेयक प्रस्तुत गर्न कार्यसूची तय भएको छ भने उपल्लो सदनमा लोकसेवा आयोगको बार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

बिज्ञापन

सिंहदरबारमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको आजमा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नि शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसुची रहेको छ भने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै दिउँसो सवा १ बजे बस्ने कार्यसूची रहेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ ।

बिज्ञापन

राष्ट्रियसभा बैठकमा कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१ ८२ को वार्षिक प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची छन् । यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्न कार्यसूची रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

सरुवा भएका सचिवले बुझेनन रमाना,बजेट निर्माणमा सक्रिय

३८ शाखा अधिकृतको सरुवा : १४ लाई राष्ट्रिय योजना आयोग

अधिकृतस्तरका ३४ कर्मचारीको सरुवा (सूचीसहित)

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

Казино Пинко: Обзоры на популярных геймерских сайтах

Сравнение онлайн казино Пинко с другими казино

बिशेष