डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना भएको छ । नेपागन्जबाट यात्रु लिएर गएको जहाज बिहीबार बिहान ८ २५ बजे अवतरणका क्रममा जाहाज अवतरणको क्रममा दुर्घटना भएको हो।सीता एयरको ९ एन–ए–जे जहाज बिहान ८ः२५ बजे डोल्पा विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको चक्का फुत्किएको हो । जहाजको पछाडिको चक्का फुत्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना सवार थिए। सवारमध्ये ११ जना पुरुष र २ जना महिला रहेको जनाइएको छ ।
बिज्ञापन
टायर फुत्किए पनि अन्य कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ । जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् । जुफालको उडान अवरुद्ध रहेका छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























