लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा लेखा समूहका कर्मचारीको सरुवा तयारी थालेको छ । कार्यालयले सरुवा हुन योग्य र इच्छुक कर्मचारीहरुसँग सरुवा आवेदन आह्वान गरेको छ ।
कार्यालयका अनुसार सरुवाका लागि कर्मचारीहरुले महालेखा धाइरहनु पर्ने छैन । लेखा समूहका कर्मचारीले अब सरुवा आवेदन वेवसाइटबाटै दिन सकिने व्यवस्था मिलाएको हो । सरुवा चाहने राजत्रअनकिंत र राजपत्राकिंत कर्मचारीहरुल महालेखाको आवेदन आइकनमा क्लिक गरी सम्बिन्धित लिंक भित्र गएर अर्थात क्यु आर कोर्ड स्क्यान गरेर गुगल फर्ममा विवरण भरी आवेदन आह्वान गरिएको छ । महालेखाले कर्मचारीको सरुवाका लागि अनलाइबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । सरुवा हुन चाहने कर्मचारीहरुले यही असोज १५ गतेभित्र आवेदन दिनुपर्ने भनिएको छ ।
सरुवा हुन चाहने कर्मचारीहरुले सरुवा हुन चाहेको कार्यालयको नाम,ठेगना,पद,सेवा समूह,श्रेणी,जन्म मिति,कार्यालयमा हािजर भएको मिति,घर ठेगनाको विवरणका अलवा यस अघि कार्यरत कार्यालयको नाम,पद,कुन मितिदेखि कुन मितिसम्म कार्यरत रहेको हो सो को विवरण,अवधि र भौगोलिक क्षेत्र समेत खुलाएर निवेदन दिनुपर्ने छ । सो निवेदन कर्मचारी प्रशासन अन्तर्गत रहेको प्रणालीसँग प्रत्यक्ष रुपमा जोडिने व्यवस्था मिलाइएको छ । यसबाट देशभरका लेखा कर्मचारीले सरुवाको निवेदन बोकेर काठमाडौं धाइरहनु पर्ने बाध्यता हटेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

वार्डेनदेखि जेलरको नियुक्तिमा करोडौं घुस उठाइएको अडियो सार्वजनिक,को- को मुछिए ?

निलम्बनमा परेका नासुको समेत इलाका प्रशासनमा सरुवा

अध्यागन विभागमा तानिए पाँच अफिसर र एक कम्युटर अपरेटर

सिंहदरबारमा अब सचिव- सहसचिवको ‘छड्के प्रवेश’

बिशेष