सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

मधेस प्रदेश सरकारले प्रदेश निजामती सेवाअन्तर्गत सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको छ। प्रदेशको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सहायक तेस्रो तहका कर्मचारीको सुरु मासिक तलब ३० हजार ३७३ रुपैयाँ कायम गरिएको छ।

बिज्ञापन

सातवटा ग्रेड पूरा गरेपछि उनीहरूको अधिकतम कुल तलब ३७ हजार ४५७ रुपैयाँ पुग्नेछ। मन्त्रालयका अनुसार नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी कायम गरिएको हो।

बिज्ञापन

मधेस प्रदेश मन्त्रिपरिषद्को २०८३ भदौ २६ गते बसेको बैठकले प्रदेश निजामती सेवाका सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान कायम गरी प्रदेशअन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान तथा कार्यालयलाई जानकारी गराएको छ।

प्रदेश सरकारको कार्यसम्पादन नियमावली, २०८० को नियम २३९१० बमोजिम मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

वार्डेनदेखि जेलरको नियुक्तिमा करोडौं घुस उठाइएको अडियो सार्वजनिक,को- को मुछिए ?

निलम्बनमा परेका नासुको समेत इलाका प्रशासनमा सरुवा

अध्यागन विभागमा तानिए पाँच अफिसर र एक कम्युटर अपरेटर

सिंहदरबारमा अब सचिव- सहसचिवको ‘छड्के प्रवेश’

बिशेष