काँग्रेसी कर्मचारी युनियनमा कलह

 वालेन सरकार बनेसँगै कर्मचारी ट्रेड युनियनहरु सबै खारेजीमा परेका छन् । कर्मचारी ट्रेड युनियनका नेताहरु सिंहदरबारबाट लखेटेर दुरदराज पुर्‍याइएको छ तर त्यही कर्मचारीमध्येका एक नेपाल स्वास्थ्यकर्मी संघमा भने जुँगाको लडाई जारी छ । ट्रेड युनियन आन्दोलन नै कोमामा पुग्न लागेको समयमा समेत केही कर्मचारीलाई विधानविपरीत पद तथा जिम्मेवारीको भारी बोकाइएको बिषयलाई लिएर अहिले काँग्रेसी कर्मचारी ट्रेड युनियनभित्र गलफत्ति जारी छ ।

बिज्ञापन

बागमती प्रदेशका (स्वास्थ्यकर्मी)अध्यक्ष कमल भट्टराईले विधान विपरीत एकै पटक दुई युनियनको नेतृत्व र जिम्मेवारी ओगट्दा लफडा आइलागेको हो । प्रदेशको अध्यक्षमा बहाल रहेकै अवस्थामा स्थानीय तह कर्मचारी युनियन, नेपालको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत बहन गरेसँगै उनको भूमिका,उनलाई त्यो स्थानमा पुर्‍याउने,संरक्षण गर्नेहरुको भूमिकामाथि अनेकन प्रश्नहरु उठेका छन् ।
भट्टराई २०८२ जेठ १० गते सुर्खेतमा स्थानीय तह कर्मचारी युनियन, नेपालको केन्द्रीय सदस्यमा मनोनित भएका हुन । तत्कालीन अध्यक्ष नरबहादुर साउदले आफ्नो अनियमितता ढाकछोप गर्न भट्टराईलाई जबर्जस्ती केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । उनको मनोनयनको बिषयमा सुर्खेतमा प्रश्न उठेको थियो । त्यसअघि नै भट्टराई नेपाल स्वास्थ्यकर्मी संघ, बागमती प्रदेशका अध्यक्षको कुर्सीमा पुगेका थिए । स्थानीय तह कर्मचारी युनियनको केन्द्रीय सदस्यमा मनोनित भएको केही दिनपछि, जेठ १६ गते बसेको नेपाल स्वास्थ्यकर्मी संघको पदाधिकारी बैठकमा उनी सहभागी भएको र निर्णय प्रक्रियामा समेत संलग्न भइ एउटै समयमा दुई फरक ट्रेड युनियन संगठनमा उनको सदस्यता तथा पदाधिकारीको भूमिकामाथि प्रश्न उठाएको छ । ट्रेड युनियनसम्बन्धी कानुनी व्यवस्था र सम्बन्धित युनियनका विधानमा सदस्यता तथा पदाधिकारीको विषयमा एकै समयमा दुई युनियनको सदस्य एउटै व्यक्ति हुन नपाइने प्रावधान रहेका छन् । स्थानीय तह कर्मचारी युनियन, नेपालको विधानको दफा ३८ मा सदस्य तथा पदाधिकारी पदमुक्त हुने अवस्थासम्बन्धी व्यवस्था रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार एउटै व्यक्ति एकै समयमा दुईवटा युनियनमा सदस्य रहन नमिल्ने भएकाले जेठ १६ गते स्वास्थ्यकर्मी संघको पदाधिकारी बैठकमा भएको सहभागिता र हस्ताक्षरसमेत भट्टराईको स्थानीय तह कर्मचारी युनियनको सदस्यतासँग जोडिएको प्रश्न बनेको छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागअन्तर्गत जिन्सी तथा भण्डारण शाखाको जिम्मेवारीसमेत पाएका भट्टराईका अलवा स्थानीय तह कर्मचारी युनियन, नेपालका कार्यवाहक अध्यक्ष रामप्रसाद पौडेलको भूमिकामाथि पनि कानुनी प्रश्न उठेको छ । पौडेल कागेश्वरी–मनोहरा नगर अस्पतालका कार्यकारी निर्देशक हुन् । ट्रेड युनियन ऐन, २०४९ मा ‘कामदार’को परिभाषा तथा ट्रेड युनियन गठन र सदस्यतासम्बन्धी व्यवस्था गरिएको छ । जस अनुसार कार्यालय प्रमुख/ कार्यकारी निर्देशक युनियनको सदस्य बन्न पाउँदैन । त्यस्तै, निजामती सेवा ऐन तथा नियमावलीमा कार्यालय प्रमुख र ट्रेड युनियन सदस्यतासम्बन्धी छुट्टै व्यवस्था रहेको छ । निजामती सेवा नियमावली, २०५० को नियम ११७क(८) ले कुनै पनि निजामती कर्मचारी एकै पटक एकभन्दा बढी ट्रेड युनियनको सदस्य हुन नपाउने र नियम ११७क(९) ले ट्रेड युनियनको सदस्य रहेको निजामती कर्मचारी कार्यालय प्रमुख भएमा निजको ट्रेड युनियन सदस्यता स्वतः निष्क्रिय हुने तथा ट्रेड युनियनमा मताधिकार नरहने व्यवस्था गरेको छ । कागेश्वरी–मनोहरा नगर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका पौडेल स्थानीय तह कर्मचारी युनियनको कार्यवाहक अध्यक्ष मात्र नभई साधारण सदस्यको हैसियतमा समेत रहन नमिल्ने विषयमा प्रश्न उठाइएको हो ।

बिज्ञापन

कार्यवाहक अध्यक्ष पौडेल र भट्टराई विधानविपरीत सदस्य बनेयता स्थानीय तह कर्मचारी युनियन, नेपालको केन्द्रीय समितिको कुनै बैठक बस्न नसकेको स्रोतको दाबी छ । कार्यवाहक अध्यक्षको जिम्मेवारी अन्य उपाध्यक्षलाई हस्तान्तरण गरी महाधिवेशनमा जान आग्रह गर्दा पनि पौडेलले त्यसलाई मानेका छैनन् । बरु, विधानविपरीत कमल भट्टराई नै उपयोग गरी युनियनको कार्यालयसमेत नेपाल स्वास्थ्यकर्मी संघतर्फ लगिएको र महत्वपूर्ण कागजात तथा अभिलेख लुकाइएको स्रोतको दाबी छ ।

कार्यकारी निर्देशकको प्रशासनिक जिम्मेवारी र ट्रेड युनियन नेतृत्व एउटै व्यक्तिमा रहँदा व्यवस्थापन तथा श्रमिक प्रतिनिधित्वको भूमिका एउटै व्यक्तिमा केन्द्रित हुने भएकाले स्वार्थको द्वन्द्व र ट्रेड युनियन नेतृत्वको वैधानिकताबारे प्रश्न उठेको स्रोतको भनाइ छ । विशेषगरी अस्पतालको प्रशासनिक व्यवस्थापन, आर्थिक कारोबार, खरिद तथा अन्य निर्णय प्रक्रियामा कार्यकारी निर्देशकको भूमिका रहने अवस्थामा एकातर्फ व्यवस्थापनको प्रतिनिधिका रूपमा निर्णय गर्ने र अर्कोतर्फ कर्मचारीको ट्रेड युनियनको नेतृत्व गर्ने अवस्थाले दुई भूमिकाबीच स्वार्थ बाझिन्छ नै ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

वार्डेनदेखि जेलरको नियुक्तिमा करोडौं घुस उठाइएको अडियो सार्वजनिक,को- को मुछिए ?

निलम्बनमा परेका नासुको समेत इलाका प्रशासनमा सरुवा

अध्यागन विभागमा तानिए पाँच अफिसर र एक कम्युटर अपरेटर

सिंहदरबारमा अब सचिव- सहसचिवको ‘छड्के प्रवेश’

बिशेष