वार्डेनदेखि जेलरको नियुक्तिमा करोडौं घुस उठाइएको अडियो सार्वजनिक,को- को मुछिए ?

  वार्डेनदेखि जेलरहरुको नियुक्ति,सरुवा तथा पदस्थापन गरिदा घुस रकमको कारोवार भएको र सो कारोवारमा  गृहदेखि कृषि, बन मन्त्रीका स्वकीय,सल्लाहकारदेखि सचिवहरुकोसम्म नाम मुछिएको अडियो संवाद भेटिएको छ ।  निकुन्जहरुमा वार्डेन खटाउँदा लाखमा र जेलर खटाइँदा करोडौंमा  लेनदेन  भएको र सो लेनादेनामा उच्च पदस्थहरुको नाम जोडिएको अडियो सामाग्री फेला परेको हो ।

बिज्ञापन

अडियोमा राष्ट्रिय निकुञ्जका हाकिम नियुक्ति गरिँदा २५ लाखका दरले उठाइएको संवादमा उल्लेख छन भने जेलरहरु खटाइँदा करोडौंको दरले उठाइएको अडियो संवादमा उल्लेख गरिएको छ । ‘मैले छ/ सात वटा राष्ट्रिय निकुञ्जमा हाकिम पठाइसकेँ । बर्दिया, शुक्लाफाँटा,चितवन पठाइसकेँ । राराको पर्सी जाँदै छ ।’  एउटा वार्डेनले २५ लाख रुपैयाँ झोलामा फालेर गएको भन्दै गर्व गर्ने व्यक्ति हुन हेमन्त चौधरी ।

बिज्ञापन

बर्दिया क्षेत्र नं १ का रास्वपा सांसद ठाकुरसिंह थारूका प्रेस सल्लाहकार तथा रास्वपा कञ्चनपुरकी समानुपातिक सांसद गीता चौधरीको अघोषित प्रेस सल्लाहकार बताउने पत्रकार हेमन्त चौधरीले अर्का पत्रकार आशिष मल्ल ठाकुरीसँग गरेको अडियो संवादमा अनिल बानियाँलाई गृहमन्त्रीको दाहिने हात भएको र अनिल बानियाँ आफ्नो खुट्टा ढोग्ने भाइ भएको संवादमा आशिष मल्ल ठाकुरीसँग हेमन्तले उल्लेख गरेका छन् ।

संवादमा नियुक्तिहरुमा भइरहेको घुस लेनदेनामा उच्च पदस्थहरुलाई समेत मुछेका छन् । उनीहरुले १० वटा कारागारमा चौकीदार नियुक्त गर्दा मात्रै एक जनाबाट एक -एक करोड उठाएको र गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्की, गृहसचिव राजकुमार श्रेष्ठ र कारागार व्यवस्था विभागका डिजीले २५–२५ लाख खाएका दावी गरेका छन् । हेमन्त चौधरीले आशिषलाई भनेका छन्—‘१० वटा कारागारमा चौकीदार नियुक्त गर्दा मात्रै एक जनाबाट १र१ करोड उठाएको छ।’ उनले थपेका छन् —‘गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्की, गृहसचिव राजकुमार श्रेष्ठ र कारागार व्यवस्था विभागका डिजीले २५–२५ लाख खाएका उल्लेख गरेका छन् ।
सो अडियो संवादमा एक हप्ताअघि गृहसचिव चेन्ज गरिदिएको र उसले सबैबाट २५–२५ खाएको दावी गरेका छन्,अडियोमा । कारागारको चौकीदार चेन्ज गर्नलाई २५–२५ लाख । अनि उठाएका छन् एक–एक करोड ।’ उनले पुराना दलका ‘सेटिङवाला’ कार्यकर्तासँग पहुँच हुँदा पनि काम नहुने तर रास्वपाभित्र ‘घुस्यौँ भने जेसुकै काम पनि गर्न सकिँदो रहेछ’ भन्दै संवाद गरेको सुनिन्छ ।

बिज्ञापन

 सो गोप्य संवादमा जेम्स कार्की गृहमन्त्री खास मान्छे नभएको,उनी सेकेण्ड थर्ड मान्छे भएको उल्लेख गरेका छन् । हेमन्त चौधरीले आफू नै मन्त्रीको बास्वतिक स्वकीय भएको तर बाहिर नभनेको उल्लेख गरेका छन् । उनले मैले सात वटा, वटा राष्ट्रिय निकुञ्जमा हाकिम पठाइसकेको बताएका छन् । संवादमा चितवन,बर्दिया,शुक्लाफाँटाको पठायो,रारा पर्सि जान लागेको उल्लेख गरेका छन् । बाँकेमा पठाउने मान्छे खोजिरहेको उल्लेख गर्दै एउटा वार्डेनले मलाई,हजुर, २५ लाख रुपैयाँ,यहाँ यसरी झोलामा फालेको उल्लेख गरेका छन् । हेमन्तले गीता चौधरी आफ्नो मामाको छोरी भएको र आफू प्रेस सल्लाहकार नभइ अघोषित प्रेस सल्लाहकार भएको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वार्डेनदेखि जेलरको नियुक्तिमा करोडौं घुस उठाइएको अडियो सार्वजनिक,को- को मुछिए ?

निलम्बनमा परेका नासुको समेत इलाका प्रशासनमा सरुवा

अध्यागन विभागमा तानिए पाँच अफिसर र एक कम्युटर अपरेटर

सिंहदरबारमा अब सचिव- सहसचिवको ‘छड्के प्रवेश’

एसपीलाई भन्सार अधिकृतको च्यालेञ्ज (अडियो संवादसहित)

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष