निलम्बनमा परेका नासुको समेत इलाका प्रशासनमा सरुवा

 

बिज्ञापन

भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घुससहित पक्राउ परेका एक कर्मचारीको समेत सरुवा गरेको पाइएको छ ।

बिज्ञापन

गृह मन्त्रालयले राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणीका ९७ कर्मचारी नायब सुब्बाहरुको पदस्थापन गर्दा गत असोजमा रंगेहात पक्राउ परेका एक नासुको समेत सरुवा भएको पाइएको छ । मन्त्रालयले २०८३ असोज ५ गतेको निर्णयअनुसार कर्मचारीहरूको सरुवा तथा पदस्थापन गर्दा सरुवा सूचीको आठौं नम्बरमा रहेका उत्तम कुँवरलाई गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय हरिनगरा,सुनसरीमा पदस्थापन गरेको हो ।

कुँवर तिनै कर्मचारी हुन,जो अख्तियारले गत साउन १६ मा घुससहित रंगेहात नियन्त्रणमा लिएको थियो । साउन १६ मा अख्तियारद्धारा जारी विज्ञप्ति अनुसार मालपोत कार्यालय ९भूमि प्रशासन कार्यालय० लगनखेलका तीन जना नायब सुब्बा ९नासु० सहित पाँच जनालाई तीन लाख रुपैयाँ घुस लिएको थियो । जग्गाको बकसपत्र गराइदिने काममा अनावश्यक दुःख–हैरानी दिई सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

बिज्ञापन

यसरी पक्राउ परेकामा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरका अलवा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानबाट कर्मचारी र लेखापढी व्यवसायीबीच मिलेमतो गरी सेवाग्राहीबाट रकम असुल्ने गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो अख्तियारले । सो समयमा टंगललबाट खटिएको टोलीले उनीहरूको साथबाट घुसबापत लिइएको तीन लाख रुपैयाँका साथै स्रोत खुल्न नसकेको २४ हजार ८९० रुपैयाँसमेत बरामद गरेको छ। अख्तियारले घुससहित नियन्त्रणमा लिएर निलम्बनमा परेका नायब सुब्बाको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनले गृहमा सरुवा गरेकोमा गृह मन्त्रालयले भने इलाका प्रशासन कार्यालयमा पदस्थापन गरेको पाइएको हो । यस अघि स्थानीय तहमा समायोजन भएका खरिदारको समेत जिल्ला प्रशासन कार्यालयमा सरुवा गरेको सामान्यले एउटै पालिकामा दुई दुई जना अधिकृत,अपागं भएका शाखा अधिकृतलाई समेत स्थानीय तहमा खटाउने जस्ता गम्भीर त्रुटीहरु गरेको पाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निलम्बनमा परेका नासुको समेत इलाका प्रशासनमा सरुवा

अध्यागन विभागमा तानिए पाँच अफिसर र एक कम्युटर अपरेटर

सिंहदरबारमा अब सचिव- सहसचिवको ‘छड्के प्रवेश’

एसपीलाई भन्सार अधिकृतको च्यालेञ्ज (अडियो संवादसहित)

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

बिशेष