अध्यागमन विभागले पछिल्लो एक सातामै पाँच अफिसर र एक कम्युटर अपरेटरलाई विभागमा तानेको छ । पछिल्लो समय अध्यागमन एयरपोर्टमा बसेर शंकास्पद् गतिविधिमा सक्रिय रहेको पाइएसँगै यस अघि नै चार अधिकृत र एक कम्युटर अपरेटरलाई विभागमा तानिएकोमा हिजो थप एक अधिकृत अध्यागमन विभागमा तानिएका हुन ।
बिज्ञापन
हिजोमात्र श्रम स्वीकृति नवीकरण नभइकनै एक व्यक्ति कुवेत उडेको पाइएपछि विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृत अध्यागमन विभाग तानिएका छन्। विभागको नेपाली पोर्ट प्रणाली तथा सीसीटीभी फुटेजमा देखिएअनुसार ती यात्रु बिहान साढे ६ बजेतिर अध्यागमन प्रवेश गरेका थिए। अध्यागमन डेस्कमा करिब आधा घण्टा उनले बिताएको देखिन्छ। त्यतिबेला अर्को व्यक्तिसँग कुराकानी गरेको समेत देखिएको छ। त्यसपछि ती व्यक्तिलाई करिब ७ः१० बजे प्रस्थान अनुमति दिइन्छ। संकास्पद गतिविधि देखिएपछि अनुसन्धान गर्दा ती व्यक्तिको श्रम भिसा समेत आएको देखिँदैन। श्रम स्वीकृतको प्रक्रिया अघि बढाए पनि प्राप्त भने भएको दैखिँदैन। अनुसन्धानका क्रममा ती यात्रुले जापानमा रहेका एक व्यक्तिसँग रकमसम्बन्धी कारोबार गरेको समेत पाइएको छ। यो घटनामा एक अध्यागमन अधिकृतको भूमिका संकास्पद देखिएपछि उनी छानबिनमा तानिएका छन्। ती व्यक्तिमाथि थप अनुसन्धान गर्न भन्दै अख्तियारलाई पत्राचार गरिएको छ।
बिज्ञापन
उता यस अघि नै अधिकृतहरु भुपेन्द्र थापा,रुपेश विक,लक्ष्मण सिंह राठौर र काशि प्रसाद पंगेनीलाई अध्यामगन विभागमा तानेर उनीहरुमाथि विभागले थप अनुसन्धान गरिरहेको छ । उनीहरुसँगै विभागले कम्युटर अपरेटर विजय कुमार महतोलाई अध्यागमन एयरपोर्टबाट विभागमा तानिएको थियो,गत सातामात्र ।

























