भन्सार पास भएर छुटेको भारतीय नम्बर प्लेटको इलेक्ट्रिक टेम्पोलाई ‘अण्डर बिलिङ’ (तस्करी) को आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएसँगै भन्सार अधिकृत र एसपीबीचको टेलिफोन संवाद बाहिरिएको छ ।
बिज्ञापन
जहाँ भन्सार अधिकृतले एसपीलाई च्यालेञ्ज नै दिएका छन् । कञ्चनपुर भन्सार कार्यालयबाट भन्सार पास भएर छुटेको भारतीय नम्बर प्लेटको इलेक्ट्रिक टेम्पोलाई ‘अण्डर बिलिङ’ को आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कैलालीको धनगढीबाट नियन्त्रणमा लिएसँगै कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका एसपीलाई फोन गरेर गाडी छोड्न दबाब दिएका हुन । उनले एसपीलाई भनेका छन,महेन्द्रनगरले नसमात्ने, लोकलले नसमात्ने, त्यहाँ गएर कसरी समात्यो त, पैसा नपाएपछि समात्या होइन सर भन्दै उनले एसपीलाई फोन गरेर भनेका छन, अण्डर बिलिङ भए तुरुन्त भन्सारमा पठाउनुपर्यो । होइन ठिक छ भने हजुरहरुलाई लाग्यो भने छोड्दिनुपर्यो । उनले पहिला पनि त्यहाँबाट एकदम दुःख दिएको छ यहाँ कन्चरपुरबाट जाने सामानहरुलाई, अब पनि दुःख पाएको खण्डमा भोलि भन्सारमै छुटेन भने सिधै आईजीपी या गृहमन्त्रीलाई फोन हान्छु भनेको सुनिन्छ अडियोमा ।
बिज्ञापन
सशस्त्र प्रहरीको माथिल्लो तहसम्म सो अडियो पुगे पनि कारबाही भने भएको छैन । यता, प्रहरीले कैलाली भन्सार कार्यालयको जिम्मा लगाएको उक्त भारतीय गाडी तुरुन्तै महेन्द्रनगर पठाएर छोडिदिएको थाहा भएको छ ।
यस्तो छ भन्सार अधिकृत र एसपीबीचको अडियो संवाद
भन्सार अधिकृतः नमस्ते एसपी साब हो
बिज्ञापन
एसपीः हो
भन्सार अधिकृतः ए नमस्ते हजुर, म कञ्चनपुर भन्सार कार्यालयबाट भन्सार अधिकृत
एसपीः ए हजुर हजुर
भन्सार अधिकृतः ए त्यहाँ के एउटा गाडी समात्नु भाको छ हजुरले कञ्चनपुर भन्सारबाट छुट्या भन्ने हो सर ?
एसपीः गाडी समात्नेभन्दा पनि त्यहाँ त्यो इन्डियन गाडी होइन एउटा
भन्सार अधिकृतः इन्डियनभन्दा पनि सामान भएको गाडी भनौं न इन्डियनभन्दा पनि
एसपीः अँ जे होस् इन्डियन नम्बर प्लेटको गाडी
भन्सार अधिकृतः हजुर हो हो
एसपीः हो हो त्यो उतै माथि
भन्सार अधिकृतः के भनेर समातेको छ सर
एसपीः नाई त्यो अलिकति अण्डर बिलिङ छ कि भन्ने शंका लागेर हो
भन्सार अधिकृतः ए अण्डर बिलिङ भए तुरुन्त भन्सारमा पठाउनुपर्यो हजुरको
एसपीः अँ भन्सारमै पठाउने हो
भन्सार अधिकृतः भन्सारमै पठाइदिनुपर्यो, होइन ठिक छ भने हजुरहरुलाई लाग्यो भने छोड्दिनुपर्यो
एसपीः हुन्छहुन्छ भन्सारमै पठाइदिन्छौं
भन्सार अधिकृतः पहिला पनि त्यहाँबाट एकदम दुःख दिएको छ यहाँ कन्चरपुरबाट जाने सामानहरुलाई, अब त्यो दुःख पायो भने भोलि भन्सारमै छुटेन भने म सिधैं हजुरको आईजीपी या गृहमन्त्रीलाई हान्छु ।
एसपीः ए हुन्छ हजुर हुन्छ हस
भन्सार अधिकृतः मैले यति कुनै यो गर्या होइन त्यहाँबाट धेरै गल्ती गरिन्छ नि त्यो धनगढीबाट, हजुरलाई मैले जानकारी गराइदिए
एसपीः नाई भन्सार
भन्सार अधिकृतः भोलि त्यो गाडी गएन या त्यसमा कुनै क्वण्टिट फरक हालेर गयो भनेपछि म भोलि मेरो डिजी, हजुरको आईजीपी प्लस तीन–चार जनालाई स्वाट्टै हान्छु सर
एसपीः ए हुन्छ हस
भन्सार अधिकृतः किन त्यति मान्छे आ होला मलाई अचम्म लागेको छ, त्यहाँ पुरै जम्बो टोली लिएर आएको थियो रे त्यहाँ समात्नलाई, त्यहाँ कुनै ऊ थियो र सर आतंकवादी थियो र ?
एसपीः होइन त्यस्तो होइन
भन्सार अधिकृतः तपाईंहरुलाई म यही भन्नु न तपाईंहरुको यही महेन्द्रनगरले नसमात्ने, लोकलले नसमात्ने, त्यहाँ गएर कसरी समात्यो त, त्यो कुनै भनेर पैसा नपाएपछि समात्या होइन सर
एसपीः खोई, अब त्यो पैसा पाएको नपाएको त तपाईंलाई थाहा होला
भन्सार अधिकृतः होइन त्यो धनगढीमा कसरी समात्यो सर, म यहाँको एसपी साबलाई पनि भन्छु, तपाईंको गएको सामान तपाईंले नगरेपछि तपाईं कारबाहीको भागिदार हुनुहुन्छ भनेर
एसपीः ठिक छ, हुन्छ हुन्छ कुरा गरौं
भन्सार अधिकृतः हुन्छ सर एकदम यो मेरो च्यालेन्ज पनि हो
एसपीः ल हसहस धन्यवाद ।

























