भाञ्जा र सालोलाई नियुक्ति दिनेहरु भरङ्ग

नातावादको चर्को विरोध गर्ने रास्वपा सरकारका मन्त्रीदेखि सांसदहरुको नियुक्तिमा नातागोताले नै प्राथमिकता पाएसँगै रास्वपाले आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड जारी गरेको छ ।

बिज्ञापन

पूर्ववर्ती सुशीला कार्की सरकारले खारेज गरेको स्वकीय सचिव सुविधा व्युताउँदै वालेन सरकारका सांसदहरुलाई स्वकीय सुविधा दिने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई व्युताउँदै सरकारले सांसदहरुलाई स्वकीय सुविधा दिन लागेको छ ।

बिज्ञापन

सोही अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यज्ञमणि न्यौपानेले १६ सदस्यसहितको जम्बो सचिवालय गठन गरेका छन् । उनको स्वकीय सचिवमा दिव्यम अधिकारी र कानुनी सल्लाहकारमा अधिवक्ता दिपक अधिकारी नियुक्त भएका छन् । दिव्यम सांसद न्यौपानेको साला हुन् । आफ्नै नातागोतालाई नियुक्ति दिएको भन्दै धेरैले आपत्ति जनाएका छन् । यता बालेन्द्र साह नेतृत्वको सरकारका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको दुई जना स्वकीय सचिव नियुक्त भएका छन् । शिव थापा हुन् भने अर्का जीवन खरेल । मन्त्री नियुक्त भएलगत्तै राखिएका दुवैले अधिकृतसरहको सेवासुविधा पाउँछन् । स्वकीय सचिवमध्ये एक खरेल मन्त्री तिमिल्सिनाका भाञ्जा हुन् । खरेल पेशाले ठेकेदार हुन् तर खरेलले भने आफू तिमिल्सिनाको भाञ्जा नभएको दावी गरेका छन्् । पालिका मात्रै एउटै भएको उनको जिकिर छ । उनले भनेका छन् ‘म भाञ्जा होइन, भोटरचाहिँ हो । मैले उहाँलाई नै भोट हालेको हुँ । उहाँले मलाई स्वकीय सचिव बनाएपछि यस्ता कुरा उठाइरहेकै छन् ।’

यसरी नातागोता,भाञ्जादेखि सालोसम्मलाई स्वकीयमा राख्न थालेपछि रास्वपाले एउटा मापदण्ड सार्वजनिक गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध गरिएको बताएका हुन्।

बिज्ञापन

रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने र परिवारभन्दा बाहिरबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशनअनुसार स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको व्यक्ति हुनुपर्नेछ । स्नातक तह वा सो सरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता भएको, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएको र पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ ।

संसद् सदस्यहरूको पदीय जिम्मेवारी (कानुन निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधन) लाई प्रभावकारी बनाउन भनी संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची-२ मा हालै मन्त्रीपरिषद्ले गरेको हेरफेरपछि सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष