सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

मुलुक सैनिकिकरण बढाउँदै लैजाने, सिभिल स्पेश कम गर्ने गरि अगाडि बढिरहेको हो ? १५५० बढी नियुक्ति एकै झड्कामा खारेज गरेर सरकारले पूर्व सैनिक अधिकारीहरुलाई गरिरहेको महत्वपूर्ण नियुक्ति, रक्षा मन्त्रालयमार्फत प्रतिनिधि सभामा हालै दर्ता भएको एउटा विद्येयकहरुले के को संकेत गरिरहेको छ ?

बिज्ञापन

मेरिटोक्रेसीको चर्चा गरेर खुला प्रतिष्प्रर्धाबाट सरकारी निकायमा नियुक्ति दिइने भनिए पनि रास्वपा निकट पूर्व कर्मचारी,सैनिक,प्रहरीहरुले छानीछानी लाभका पदमा नियुक्ति दिन थालेसँगै सरकारको यो शैलीलाई कतिपय विश्लेषकहरुले आलोचना गर्दै आएका छन् ।
एक पछि अर्को लाभका पदमा पूर्व सैनिक अधिकारीहरुलाई नियुक्ति गरिरहेको सरकारले प्रधानमन्त्रीले सम्हालिरहेको रक्षा मन्त्रालयबाट समेत सबै विद्यार्थीहरुलाई सैनिक तालिम दिने प्रस्ताव अगाडि बढाइएको छ ।
यही बीचमा सरकारले ३५ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग फेरि नेपाली सेनालाई चलाउन दिइएको छ । ०५६ साल फागुनमा बन्द भएको र ०५७ सालमा खारेजीमा परेको यो उद्योगलाई बालेन सरकारले ब्युँताउन खोजेको छ । यस पटकको सरकारको सारथी बनेको छ, नेपाली सेना । यसअघि नै सेनाले उद्योग पूर्ण रुपमा चलाउन करिब २ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान पेश गरेको थियो ।

बिज्ञापन

उसो त नेपाली सेना व्यापार व्यवसाय र ठेक्का पट्टामा लागेको बिषयले समेत कतिपय विश्लेषकहरुले आलोचना गर्दै आइरहेका छन् । सैनिक कल्याणकारी कोषको अर्बाै रकम नेपाली सेनाले अस्पताल,स्कुल, पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा सक्रिय रहँदै आएको छ ।
उता आगामी आर्थिक बर्षमा सरकारले १६५ बढी कानुनहरु बनाउने भएको छ । सबैभन्दा धेरै पूर्वाधार मन्त्रालयबाट १७, स्वास्थ्यका १४, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय १३ कानुन बनाइनेको सूचीमा छन् । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयका १२र१२, गृह मन्त्रालयका ११,कृषिका ९,भूमि व्यवस्थाका ८,सूचना सञ्चारका ६ कानुन बनाइनेको सूचीमा छन् ।

सबैभन्दा कम रक्षा मन्त्रालयको एउटा कानुन रहेको छ । जसमा राजा महेन्द्रले पञ्चायती व्यवस्था बलियो बनाउन प्रयोग गरेको राष्ट्रिय सेवा दललाई प्रधानमन्त्री बालेन साहले समेत महत्वका साथ संशोधन गर्न खोजेका छन् र यो प्रक्रिया गत १६ असारमा प्रतिनिधि सभामा दर्ता भएको छ । असार १६ गते प्रतिनिधिसभामा दर्ता भएको राष्ट्रिय सेवा दल विधेयक २०८२ ले नेपाललाई सैन्यीकिकरण तर्फ लैजाने संकेत देखिएको भन्दै प्रतिपक्षी सांसदहरुले आपत्ति जनाउन थालेका छन् ।

बिज्ञापन

उसो त पछिल्लो नियुक्तिहरुमा समेत यस अघि नै बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पूर्वसैनिक परेका थिए । विशेष गरी सर्टलिस्टिङ प्रक्रियादेखि अन्तिम सिफारिससम्म प्रधानमन्त्री र मन्त्रीको सचिवालयको दबदबा देखिएको प्रशासकहरु बताउँछन् । गत वैशाख ३० गते पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा डा आनन्द सिंह भाटलाई नियुक्त गर्दा पहिलो नम्बरका विकास अधिकारीलाई फालिएको थियो । सुनिल लम्साल मन्त्री रहेको सो मन्त्रालयले बैशाख १४ मा अन्तर्वार्ता र प्रस्तुतीको आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो तर पहिलो नम्बरमा थिए डा विकास अधिकारीको नाम काटेर दोस्रोमा रहेका भाटलाई त्यहाँ नियुक्ति गरिएको थियो । यस्को पछाडि त्यहाँ रहेको २० अर्बको बजेटमा पूर्वाधार मन्त्री सुनिल लम्सालले खेल्न खोजेको टिप्पणी गर्दछन्,यस अघि सोही निकायमा बसेर निस्किएका प्रशासकहरु । उनीहरुका अनुसार,काठमाडौं उपत्यकाको जग्गा पास गर्दा शून्य दशमलव ५ प्रतिशत बागमती सभ्यता कोषको नाममा ट्याक्स लगाइन्छ । कोषमा भएको ५ देखि ६ अर्ब र एडिबीबाट १४ अर्ब ऋृण लिएर झण्डै २० अर्बको नयाँ योजना बन्दैछ । त्यो योजना सेनाले हत्याउन खोजिरहेको सोही योजना अनुसार भाटलाई त्यहाँ नियुक्ति दिइएको चर्चा पनि छ । यो मात्र होइन नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्य पदमा डा दिपक प्रसाद बाँस्तोलालाई नियुक्त गरेको थियो ।

तर, मुद्दा परेपछि उनको नियुक्ति सर्वोच्चले खारेज गरेको थियो । बास्तोला पनि नेपाली सेनाका पूर्वउपरथी हुन् । यता हालैमात्र प्रा डा देवेन्द्र खत्रीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी पाए । नेपाली सेनाका पूर्वउपरथी समेत रहेका खत्रीले जिम्मेवारी पाएका छन् ।

यस्तै १६ असारमा प्रतिनिधि सभामा दर्ता भएको विद्येयकमा ८ कक्षादेखि १२ सम्मका विद्यार्थीलाई परेड र पीटी खेलाउनेदेखि बन्दुक पड्काउनेसम्मको तालिम दिइने प्रस्ताव गरिएको छ । राष्ट्रिय सेवा दल पूर्व राजा महेन्द्रकै पालामा स्थापना भएको हो, २०२२ सालमै । ०२२ साल असोज ११ गते स्थापना भएको राष्ट्रिय सेवा दलको केन्द्रीय कार्यालय काठमाडौंको जगन्नाथदेवलमा रहेको छ । अब हरेक विद्यालयमा सैनिक तालिम र युद्धकला सिकाउने प्रस्ताव सो विद्येयकमा राखिएको छ । यसको प्रमुख संरक्षक प्रधानमन्त्री र संरक्षकमा रक्षामन्त्री रहनेछन् । सदस्यहरुमा प्रधान सेनापति, रक्षा सचिव, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव, नेपाली सेनाका बलाध्यक्ष र राष्ट्रिय सेवा दलका महानिर्देशक रहने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

हङकङबाट फिर्ता भएका लेखकलाई गृह,सञ्चार र कानुन सचिवको जिम्मेवारी

बिशेष