दुई तिहाइ सुविधाजनक बहुमत प्राप्त सरकारलाई काम देखाउने हुटहुटी हो वा नयाँ जोगी बढी खरानी ! नयाँ सरकार गठन भएको तीन महिना अर्थात ‘मधुमास’ अवधि पूरा भएको छ यो अवधिमा केपी शर्मा ओली,रमेश लेखक,दीपक खड्कादेखि छविलाल रिजाल हुँदै विष्णु पौडेलसम्मलाई नियन्त्रणमा लिइयो । केहीलाई प्रहरी हिरासतमा राखियो । यस्तै व्यवसायीहरु ज्योती पाण्डेदेखि शेखर गोल्छा,सुलभ अग्रवाल,विचौलिया दीपक भट्टसम्म प्रहरीको नियन्त्रणमा पुगे । तीमध्ये अधिकांश छुटिसकेका छन् । पछिल्लो पटक पक्राउ परेका विष्णु पौडेललाई समेत अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
बिज्ञापन
सम्पत्ति शुद्धीकरण प्रकरण र दीपक भट्टसँगको कनेक्सन भन्दै पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरिएकोमा सो मुद्धा समेत दीपक खड्काको झैं बन्न पुगेको छ । यस अघि दीपक भट्ट प्रकरणमा जोडेर सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका पौडेललाई विशेषले छोड्न विशेष अदालतले आदेश दिएको छ । आज थुनछेक बहसपछि न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले साधारण तारिखमा छोड्न आदेश गरेको हो । सम्पत्ति शुद्धीकरण कसुरमा प्रतिवादी बनाइएका पौडेलको संलग्नता खुल्ने ठोस आधार र प्रमाण नदेखिएको आदेशमा उल्लेख छ ।
बिज्ञापन
बिचौलिया भट्ट, विवादित व्यवसायी सुलभ अग्रवाल लगायतलाई गैरकानुनी सम्पत्ति लुकाउने वातावरण बनाएको भन्ने कमलकिशोर मालपानी र चुन्नु पौडेलको बयानका आधारमा सम्पत्ति शुद्धीकरण विभागले पौडेलविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पौडेलको हकमा २० करोड ९० लाख बिगो र बैंक मौज्दात ६ लाख ३४ हजार ५४५ जफतको मागदाबी गरिएको छ । तर, अदालतले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी अहिले साधारण तारिखमा राख्न भनेको हो ।
यस अघि हिजोमात्र जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार र थुनछेक आदेश जारी गर्दै बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।
बिज्ञापन
जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि थुनछेक आदेश जारी गरेको हो । हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।यस अघि सरकारले १४ चैतको मिरमिरेमै केपी ओली र रमेश लेखकलाई सरकारले नियन्त्रणमा लिएको सरकारले १४ चैत पूर्वमन्त्री दीपक खड्का पक्राउ परे । उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोप थियो । यस्का अलवा उनीहरु सँग सँगै पक्राउ परेकी विमला ओली पनि केही समय पछि छुटिसकेकी छिन् । यस्तै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० छवि रिजाललाई भने एक दिन मात्रै नियन्त्रणमा लिएको थियो । कर्मचारीहरु पेन डाउनमा उत्रिने स्थिति आएसँगै रिजाल दिँउसै छुटे । गोकर्णमणि दुवाडीलाई समाउने योजना पनि टुट्यो । पक्राउ परेकामध्येर ओली र लेखकलाई भने नियन्त्रणमा लिएर मुद्दा दायर गर्न अदालतसम्म पुगेको थियो । उनीहरूलाई अदालतले धरौटीमा छोडेको छ ।
यस्तै १९ चैत २०८२ मा विचौलिया दिपक भट्टलाई नियन्त्रणमा लिएको थियो । सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट मात्र होइन, उनका साझेदार सुलभ अग्रवाल पनि पक्राउ परेका थिए । शेयर कारोबारमा उनीहरूबीच भएको लफडाका कारण शेखर गोल्छा तानिए । १२ दिनपछि २२ वैशाख २०८३ मा गोल्छालाई काठमाडौं जिल्ला अदालतले म्याद थप गर्न अनुमति नदिएपछि छुटिसकेका छन् । २२ वैशाख २०८३ मा सर्वेश जोशी पक्राउ परे । यो प्रकरणमा इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई पनि नियन्त्रणमा लिएको थियो । तर, उनलाई भने लगत्तै अदालतले छोड्न आदेश दिएको थियो ।
यता पछिल्लो समयमा अख्तियारले राहदानी छपाइका क्रममा १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमध्ये अधिकाश कर्मचारीहरुलाई अदालतले धरौटीमा छाडेका थियो ।




























