करारका कर्मचारीमाथि विभेद किन ?

काठमाडौं । खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगमा कार्यरत करारका कर्मचारीहरूबीच विभेद गरिएको आरोप सार्वजनिक भएको छ। आयोग खारेज हुने प्रक्रियामा रहँदा एउटै अवस्थामा रहेका कर्मचारीमध्ये केहीलाई करारको निरन्तरता दिइएको भने केहीलाई कुनै स्पष्ट आधारबिना कार्यालयबाट घर फर्कन भनिएको आरोप लागेको हो।

बिज्ञापन

आयोगको दैनिक प्रशासनिक जिम्मेवारी हाल खानेपानी विभागका उपसचिव वासुदेव भट्टराई ले सम्हालिरहेका छन्। उनलाई दोहोरो जिम्मेवारी दिइएको अवस्थामा करार कर्मचारी व्यवस्थापनमा मनपरी गरिएको भन्दै असन्तुष्टि बढेको छ।

बिज्ञापन

प्राप्त विवरणअनुसार आयोगमा कार्यरत छ जना करार कर्मचारीमध्ये सविता थापा मगर, पिपला कोइराला र प्रकाश राई लाई करार सम्झौताको म्याद थप गरी निरन्तर काममा राखिएको छ। उनीहरूले नियमित रूपमा हाजिर गरी तलब–भत्ता समेत पाएका छन्।

तर सोही कार्यालयमा कार्यरत सुहाना खातुन, रेनु यादव र चक्रबहादुर लाई भने आयोग खारेज भएको भन्दै कार्यालय नआउन मौखिक निर्देशन दिइएको र हाजिरसमेत गर्न नदिएको आरोप छ। उनीहरूले तलबसमेत नपाएको गुनासो गरेका छन्।

बिज्ञापन

यस विषयलाई थप विवादास्पद बनाउने अर्को आधार भनेको आयोगबाट जारी भएको २०८२ पुस २८ गतेको करार सम्झौताको म्याद थपसम्बन्धी निर्णय हो। उक्त निर्णयमा करारमा कार्यरत कर्मचारीको सम्झौता २०८३ असार मसान्तसम्म का लागि साबिककै सेवा, सुविधा र शर्त यथावत रहने गरी म्याद थप गरिएको उल्लेख छ।

निर्णयमा भनिएको छ, “यस आयोग र तपाईंबीच करार सम्झौता भई काम गर्दै आउनुभएकोमा २०८२ पुस मसान्तमा करार सम्झौताको म्याद समाप्त हुने हुँदा साबिककै सम्झौताको सेवा, सुविधा र शर्तहरू यथावत कायम रहने गरी बढीमा २०८३ असार मसान्तसम्मका लागि स्वीकृत अस्थायी दरबन्दीमा कार्यालय सहयोगी पदमा करार सम्झौताको म्याद थप गरिएको व्यहोरा अनुरोध छ।”

यस्तो लिखित निर्णय हुँदाहुँदै एउटै अवस्थाका कर्मचारीलाई फरक–फरक व्यवहार गरिएको भन्दै पीडित कर्मचारीहरूले प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा करार अवधि थपको निर्णय सबैका लागि समान रूपमा लागू हुनुपर्ने भए पनि छनोटका आधारमा केहीलाई मात्रै काममा राखिएको र बाँकीलाई कुनै औपचारिक निर्णय वा कारण नदिई हटाइएको हो।

यस घटनाले करार कर्मचारी व्यवस्थापनमा पारदर्शिता, समान व्यवहार र कानुनी प्रक्रियाको पालना भएको छ कि छैन भन्ने विषयमा गम्भीर प्रश्न खडा गरेको छ। यदि एउटै निर्णयका आधारमा केही कर्मचारीलाई मात्र सुविधा प्रदान गरिएको र केहीलाई वञ्चित गरिएको पुष्टि भएमा त्यसले प्रशासनिक निष्पक्षतामाथि नै प्रश्न उठ्ने देखिन्छ।

यस विषयमा उपसचिव वासुदेव भट्टराईको प्रतिक्रिया लिन प्रयास गर्दा उनको धारणा प्राप्त हुन सकेन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

दुई बिरामीको मृत्यु र उपचार विवादमा मुछिएका डा. जितेन्द्र सिभिल अस्पतालको कार्यकारी बन्न दौडमा

बिशेष