उपसचिवको नियुक्ति सिफारिस बदर

लोकसेवा आयोग केन्द्रीय कार्यालयले उपसचिवमा नियुक्तिका लागि सिफारिस भएका भगतराज आचार्यको सिफारिस बदर गरेको छ ।
आयोगले लुम्बिनी प्रदेशको समान तहको प्रदेश इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, अधिकृतस्तर नवौं तह, डिभिजनल इञ्जिनियर पदमा सिफारिस भइ नियुक्ति लिई कार्यरत रहेको पाइएको भन्दै उपसचिव आचार्यको नियुक्ति सिफारिस बदर गरेको हो ।

बिज्ञापन

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नम्बर १७१७८- ०८२/ ८३ नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, उपसचिव प्राविधिक वा सो सरह पदमा आयोगको सूचना नम्बर २१६१-०८२/ ८३ (मिति २०८३ वौख १४ मार्फत आचार्यलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको थियो। तर, उक्त सिफारिसविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा आचार्य प्रदेशमा समेत कार्यरत रहेको तथ्य खुलेसँगै उनको नियुक्ति बदर गरेको हो ।

बिज्ञापन

आयोगको सूचना अनुसार, आचार्यको लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा (३) अनुसार दरखास्त, परीक्षा, अन्तर्वार्ता र नियुक्तिको सिफारिस बदर गर्ने र सोही अनुसार प्रचलित कानून बमोजिम आवश्यक कारवाही चलाउन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउन निर्णय भएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

बिशेष