अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

विशेष अदालतले यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतमलाई अकुत आर्जनको मुद्धामा दोषी ठहर गरेको छ । अघिल्लो बर्ष अख्तियारले गौतमविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्धा दायर गरेकोमा आज विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष कैदको फैसला सुनाएको हो ।
अख्तियारले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बिगो कायम गरी अघिल्लो बर्ष मुद्धा विशेषमा दायर गरेको थियो । गौतमको २०५५ वैशाख ७ देखि २०७९ चैत २४ सम्मको चलअचल सम्पत्तिमाथि अनुसन्धान गर्दा स्रोत नखुलेको जायजेथा भेटिएपछि त्यसलाई नै बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

जागिरे अवधिमा मौज्दात समेत गरी ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिँदा कूल आयबाट खर्च तथा लगानी घटाउँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ऋणात्मक हुन गई स्रोत पुष्टि हुन नसकेको ठहर गर्दै अख्तियार विशेष अदालतमा पुगेको थियो । तर विशेष अदालतले अदालतले गौतमको सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखिको विश्लेषण गर्दा कुल वैध आय ३ करोड ४७ लाख ८६ हजार ३८२ रुपैयाँ ३१ पैसा रहेको र कुल व्यय ४ करोड ५५ लाख ८८ हजार २२० रुपैयाँ ५५ पैसा पुगेको निष्कर्ष निकालिएको छ । वैध आयभन्दा व्यय बढी देखिएपछि अदालतले १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ २४ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरिएको ठहर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष