पछिल्ला ३५ बर्षमा सल्लाहकार र विज्ञहरुबाट प्रशासनयन्त्रमाथि आतङ्क थियो । दुई तिहाइ सुविधा सहितको सरकार बनेसँगै पूरानो विकृती र विसंगती कम हुने आशा गरिएको थियो तर यस्तो आशा क्रमश निराशामा रुपान्तरण हुन थालेको छ । रास्वपाको सरकार बनेको तीन महिना पुग्दैछ । विगतको तीन दशकमा झैं नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार समूह, स्वकीय सचिवालय र विज्ञ समूहका नाममा प्रशासन संयन्त्रमाथि आतंक मच्चाइएको छ । प्रधानमन्त्रीको लागि मन्त्री, मुख्य सचिव, र सचिवहरु एवं अन्य मन्त्रीहरुका लागि सम्बन्धित सचिव वा कर्मचारी नै सल्लाहकार वा विज्ञ मानिन्छन् तर प्रधनानमन्त्रीले प्रशासन संयन्त्रलाई विश्वासमा लिइरहेको स्थिति छैन बरु उनका सचिवालयका कारण प्रशासन संयन्त्र आतकिंत छ ।
बिज्ञापन
नयाँ सरकार आएसँगै कर्मचारीहरुले धमाधम राजीनामा दिन थालेका छन् । केही कर्मचारी लामो समय घर बिदा स्वीकृत गरेर बसेका छन् । मन्त्रीहरुको निजी सचिवालयको दवाव बढ्न थालेसँगै र नयाँ प्रावधानका हल्लाका कारण समेत निजामतीभित्र राजीनामाको लहर आएको छ । प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीहरूका निजी सचिवालयहरू मन्त्रालय सञ्चालनमा अत्यधिक प्रभावशाली बन्दै जाँदा संघीय सरकारका उच्चपदस्थ कर्मचारीहरूमा असन्तुष्टि बढेको छ । र सोही असन्तृष्टि स्वरुप धमाधम राजीनामा दिन थालेका हुन,कर्मचारीहरुले । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुने छलफलमा प्रधानमन्त्रीका स्वकीयहरूले सचिवहरूलाई आफू मातहत राख्ने अभ्यास गरिसकेका छन् । प्रधानमन्त्री र मुख्यसचिवको नेतृत्वमा हुनुपर्ने छलफल प्रधानमन्त्रीका पीएहरूको कार्यकक्षमा राख्न थालिएसँगै प्रशासनिक हलचल मच्चिएको छ ।
पछिल्लो समय मन्त्रीहरूले मन्त्रालयको औपचारिक प्रशासनिक नेतृत्वसँग पर्याप्त संवाद नगरी निजी सचिवालयमार्फत विभिन्न काम गर्न दबाब दिने प्रवृत्तिले कर्मचारीभित्र असन्तृष्टि चर्कदै गएको छ । त्यही असन्तृष्टि अन्त्यमा राजीनामाको रुपमा प्रकट हुन थालेको छ । यस्को उदाहरण हो वालेन शाहको सरकार बने यता तीन सहसचिव,दर्जनौ उपसचिव,शाखा अधिकृतहरुको राजीनामा । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठलाई मन्त्रालयको योजना महाशाखा प्रमुखबाट सरुवा गरेर मेलम्ची पुर्याइएको थियो । अनधिकृत भुक्तानीका दबाब थेग्न नसकेपछि उनले राजीनामा दिएका हुन् । यस्तै सहसचिव उज्वल प्रजापति । इञ्जिनियरिङ सेवाअन्तर्गतका उनी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख थिए । श्रेष्ठजस्तै वरिष्ठ सहसचिव उनले जेठमा राजीनामा बुझाएका हुन् । मन्त्रालयले केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक पौडेललाई जबरजस्ती राजीनामा दिन लगाएको छ । हाल केयुकेएलको सिईओ पद रिक्त छ । प्रकाशकुमार राईलाई निमित्त तोकिएको छ ।
यस्तै,शिक्षा मन्त्रालयका दर्जनौ उपसचिवहरुको सामुहिक राजीनामाको तयारीमा रहेको खबर बाहिरिएको समयमा नयाँ सरकर बने यतामा उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुले राजीनामा दिएकामध्ये अधिकांशको राजीनामा स्वीकृत भइसकेको छ । यस्तै शाखा अधिकृत विणा श्रेष्ठ, शाखा अधिकृत शेखरनिधि पौडेल, शाखा अधिकृत दिलसेर राई, शाखा अधिकृत मार्किस दोरंगाले पनि राजीनामा दिएका छन्। यस अघि नै स्थानीय तहमा खटाइएसँगै शाखा अधिकृतद्धय गणेश घिमिरे, हरि पौडेललगायतले राजीनामा दिएका थिए ।





























