नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी नियुक्ति,अख्तियारले चलायो मुद्धा

पाँचथरको हिलिहाङ गाउँपालिका–७, स्थित जय भवानी माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता बिनाकुमारी राईउपर मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ताको जागिर खाएको भेटिएसँगै उनीविरुद्ध अख्तियार लागेको हो ।
आयोगले पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

बिज्ञापन

राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिन कक्षा ८ र एसएलसीको लब्धांक पत्र (मार्कसिट) तथा चरित्र प्रमाणपत्रसम्बन्धी झुट्टा र नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी राष्ट्रसेवक पदमा नियुक्ति प्राप्त गरी सरकारी सेवा सुविधा समेत लिएको पुष्टि भएपछि आरोपपत्र पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार,झुट्टा प्रमाणपत्रका आडमा सरकारी नियुक्ति लिई सेवासुविधा प्राप्त गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम राईलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष