राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई थप दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
गत वर्ष भएको ई–पासपोर्ट टेण्डर अनियमितता अनुसन्धानमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल सूचना प्रविधि निर्देशकलाई अख्तियारले हिजो पक्राउ गरेको थियो ।
बिज्ञापन
पाँच वर्षका लागि ६४ हजार थान ई पासपोर्ट खरिद गर्न मंसीर, २०८१ मा राहदानी विभागले डेढ महिनाको समयसीमा तोकेर टेण्डर निकाल्दा यस अघि देखि नै राहदानी आपूर्ति गर्दै आइरहेको आइडिमियालाई अनुकुल हुने गरी शर्त राखिएपछि ६ अर्ब ११ करोड अनि एक अर्ब ५५ करोड रुपैयाँमा पासपोर्टको ठेक्का विवाद सतहमा आएको थियो । सोही ठेक्का प्रकरणमा हाल राष्ट्रिय सभा सदस्य रहेका सुनिल थापा पुत्र सिद्धार्थ थापाको भूमिकामाथि भने प्रश्न उठिरहेको छ भने परराष्ट्रका अधिकारीहरु समेत निगरानीमा छन् ।
पक्राउ परेका सहसचिव अर्याल र उपसचिव केसीलाई अख्तियारले २० दिन थुनामा राख्न म्याद माग गरेकोमा विशेष अदालतले चार दिन थुना म्याद दिएको छ ।






























