४० हजार घुससहित पक्राउ परे नासु

भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुसरकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियारका अनुसार जग्गा रोक्का गर्ने बहानामा घुस लिँदै गरेका अबस्थामा अख्तियारले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

नासु कण्डेलले जग्गा रोक्का राख्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले कण्डेललाई सेवाग्राहीबाट घुसस्वरूप ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो । अख्तियारले कण्डेलको साथबाट घुस रकम ४० हजार रुपैयाँसहित स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।

बिज्ञापन

कण्डेललाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

४० हजार घुससहित पक्राउ परे नासु

सरकारका सह सचिव बेपत्ता

विदा लिएर कहाँ हराए ५२९ कर्मचारी ? सरकारी अभिलेखमै भेटिए गम्भीर प्रश्न

करारका अमिनसँग १ करोड १२ लाख अवैद्य आम्दानी,तोकियो एक बर्ष कैद

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

चार डीआइजीको सरुवा

तीन हजार युवायुवतीलाई सरकारी इन्टर्नशिप,तयार हुँदै सेवा प्रवाह सहजकर्ताको मस्यौदा

बिशेष